शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • मुहान एउटै तर जातै पिच्छे फरक फरक धारा

मुहान एउटै तर जातै पिच्छे फरक फरक धारा

  • बुधबार, बैशाख ११, २०७६
मुहान एउटै तर जातै पिच्छे फरक फरक धारा

प्रकाश सिंह
बैशाख, ११ बाजुरा
पानीको मुहान एउटै छन् । गाँउ र टोल पनि एउटै छन् । तर धारा भने फरक फरक रहेका छन् । बाजुरा जिल्लाका धेरै गाँउमा यस्तै धारा रहेका छन् । एउटै गाँउमा माथिल्लो जात र तल्लो जात भएका गाँउमा मुहना एउटै भएपनि धारा भने फरक फरक रहेका छन् ।
बाजुराको छेडेदह गाँउपालिका २ पिपल गाँउमा एउटै गाँउमा बसोवास गर्नेका जातहरु फरक भएकाले पानीको मुहान एउटै भएपनि धारा फरक रहेका छन् । गाँउमा कुवर, थापा, कुमाल र लुवार जाति बसोवास गरदै आएका छन् । कुवर, थापा क्षेत्री जात हो, भने कुमाल र लुवार दलित जात हुन् । थापा र कुमाल जातिको एउटा धारा, कुमाल र लुवारका एक एक धारा रहेका छन् ।
मुहान एउटै भएपनि आफुहरु दलित भएकाले धारा भने फरक फरक निर्माण गरेको जोगी कुमालले बताए । थापा र कुवर जातिले आफुहरु छोएको धाराको पानी नखाने भएकाले धारा अलग निर्माण गरेका हौ जोगीले भने । त्यति मात्र नभई धारा छोएमा गालि खानु पर्ने र हप्कि समेत खेप्नु परेको दलित समुदायको भनाई छ । गाँउमा सबै मिलाएर ४० परीवार बसोवास गरदै आएका छन् । ति मध्ये १२ परीवार दलित समुदायका बसोवास गरदै आएका छन् । कहिले कही धारामा बच्चाहरुले छोएमा समेत गालि खानु परेको स्थानिय तारा कुमालले भनिन् ।
दलित जातिले क्षेत्री जातिको धारामा पानि, नुहाउने देखी लिएर छुन समेत पाउदैनन् । यदि छुईएमा पनि दुरबाच्य शब्द शुन्नु परेको रुदे लुवारले बताए । हामीहरु पुर्खौ देखीनै जातिय उत्पिडनमा परदै आएका छौ । सार्वजनिक स्थल धारा, पाटि, पौवा, भोज, भतेरमा समेत दलितहरुले अपेलित बन्नु परेको रुदेको भनाई छ । थापा जातिका अगुवा सुरत थापाले भने धाराहरु अलग भएपनि आफुहरुले त्यस्तो भेदभाब नगरेको दाबि गर्छन् । बुढापाकाहरुले छुवाछुत मानेपनि आफुहरुले भने त्यस्तो केही नगरेको थापाको भनाई छ ।
बुढिगंगा ९ बासुरेमा पनि एउटै मुहान भएपनि धारा भने फरक रहेका छन् । दलित जातिको एउटा धारा र क्षेत्रि जातिको एउटा धारा रहेको छ । माथिल्लो जातिको धारामा छुई गरेका दुरबाच्य सहनु परेको स्थानिय गोपा सुनारले बताए । त्यस्तै कुल्देबमाण्डौको माल्ता, जयबागेश्वरीको ग्रान्जा, काँडाको गोठपाडा, जुकोट, वाई लगायतका दर्जनौ गाँउमा जातै पच्छिे धारा रहेका दलित अधिकार कर्मी प्रेम विकले वताएका छन् । कुल्देवमाण्डौको सारेदेउमा चार बर्ष जिल्ला विकास समिति र गाबिस बाट धारा निर्माण भएका थियो । त्यो गाँउमा एउटै मुहान भएपनि छाउपडिको अलगै, दलितको अलगै र क्षेत्रि जातिहरुको अलगै धारा निर्माण सरकारी बजेट बाट नै भएको थियो । पानि छुईने परम्परागत मान्यताले अलगै धारा निर्माण भएको मनदेवी पाध्याले वताईन् ।
समाजमा अझै पनि दलित जातिले छुएको पानी, खाना र घर भित्र बस्न नदिने रुढिवादी परम्परा रहि आएको छ । जिल्लाभरीनै छुवाछुतले जरा गाडदै आएको दलित अगुवा काशि बिकले बताएका छन् । पुर्खौ देखीनै जातिय विभेदमा परदै आएको दलित अधिकारकर्मी समेत बताउछन् । जिल्लामा जातिय छुवाछुतको वकालत गर्ने सरकारी तथा गैर सरकारी संस्था काम गरदै आएपनि परीवर्तन भने आउन सकेको छैन् । नेपाल सरकारले पनि जातिय भेदभाव तथा छुवाछुत (कसुर र सयाय) ऐन २०६८ लागु गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार