बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • बुढीगंगा
  • जागिर नगर्ने शिक्षिकालाई नगरपालिकाले तलब दिएको खुलाशा

जागिर नगर्ने शिक्षिकालाई नगरपालिकाले तलब दिएको खुलाशा

  • सोमवार, बैशाख ९, २०७६
जागिर नगर्ने शिक्षिकालाई नगरपालिकाले तलब दिएको खुलाशा

बडिमालिका समचार
बैशाख, ९ बाजुरा
बुढिगंगा नगरपालिका ३ मा रहेको चैत्यपिपल सुर्योदय निमाबिमा जागीर नगर्ने शिक्षिकालाई तलब खुवाएको खुलाशा भएको छ । नेपाली बिषय राहत निमाबि दरबिन्दमा कार्यरत शिक्षिका शुशिला रौलेलाई बिगत ३ बर्ष देखी बुढिगंगा नगरपालिका र बिद्यालयको संरक्षणमा तलब खुबाईरहेको स्थानियले वताएका छन् ।
शिक्षिका शुशिला रौले बिगत तिन बर्ष दखी धनगढी बस्दै आएकि छन् । उनले केही समय खेताला शिक्षक राखेकी थिईन् । २०७४ माघ देखी चैत सम्म एकजना खेताला राखिन् । त्यसपछि २०७५ मा असारमा आएर उपस्थित नभएको हाजीर लगाएर तलब बुझिइन् । त्यो बिचमा कुनै दिन बिद्यालयमा उपस्थित भईनन् । २०७५ साउन देखी असोज सम्म एकजना स्थानियलाई १० हजार दिने गरि खेताला राखेर उनि फेरी धनगढी गईन् । असोजमा आएर उनलाई बिद्यालयले तलब खुवायो ।
असोज पछि खेताला पनि राखिन्न्, आफु पनि बिद्यालयमा उपस्थित भईनन्, तर नगरपालिकाले पुष महिनामा चार महिनाको तलब बिद्यालयको खातामा जम्मा गरिदिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धन बहादुर थापाले वताए । नगरपालिकाले पौष सम्म तलब निकाशा गरेको भएपनि बडिमालिका खबरले पाएको तथ्य प्रमाणमा उनको बिद्यालय हाजिरी रजिष्टरमा २०७५ असार १५ सम्म मात्र हाजिर रहेको छ । त्यो भन्दा यता हाजीर विना नै तलब खुवाएको पाईन्छ ।
बिद्यालय ब्यबस्थापन समितिले पुष १० गते हटाउने निर्णय गरेको हो, तर नगरपालिकाले भने बचावट गर्दै आएको बिब्यबस अध्यक्ष धन थापाले वताए । पटक पटक नगरपालिकामा हटाएको स्वीकृत गरेर नयाँ बिज्ञापनका लागि अनुमति मागेको भएपनि नगरपालिका बेखबर रहेको बिद्यालयले जनाएको छ ।
बिद्यालयले नगरपालिकाले वास्ता नगरेपछि जिल्ला प्रशासन कार्यलय बाजुरा उजुरी हालेका छन् । जिल्ला प्रशासन कार्यलयमा नगरपालिका प्रमुख, उपप्रमुख र कार्यकारीले वेवास्ता गरेको काम नगर्ने शिक्षकलाई संरक्षण गरेको भन्दै उजुरी हालेको बिद्यालयले जनाएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख गोपाल दत्त जोशीले जिल्ला प्रशासनले बास्तबिक बुझ्नका लागि पत्रचार गरेको छ, आफुहरुले बिद्यालयलाई पठाएको छ, जानकारी अहिले सम्म नआएको वताए । बुढिगंगा नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाहले आफुलाई कुनै जानकारी नभएको बताए । यो सबै शिक्षा ईकाइ विकास तथा समन्वय ईकाइको रहेको वताए ।

चर्चामा

सम्बन्धित समाचार