काठमाडौं : तारा एयरको विमान रामेछापको मन्थली विमानस्थलमा दुर्घटना भएको छ। सोमबार बिहान तारा एयरको ९-एन एकेके कल साइनको डोर्नियर विमान टायर पन्चड (ल्यान्डिग गियर फेल) भएपछि दुर्घटना भएको हो।
काठमाडौंबाट लुक्काका लागि उडान भरेको विमान मौसम खराबीको कारण त्यहाँ अवतरण गर्ने नसकेपछि रामेछापको मन्थली विमानस्थलमा फर्किएको थियो । दुर्घटना भएको विमानमा १४ जना यात्रु चढेका थिए । दुर्घटनाबाट मानवीय क्षति नभएकाे प्रहरीले जनाएको छ।
राजधानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणकार्य भइरहेकाले विमानहरूले लुक्लाका लागि मन्थलीबाट उडान भर्दै आएका छन्। विमान दुर्घटना भएपनि अहिले रामेछाप विमानस्थलको बन्द गरिएको छ । विमानलाई हटाइएपछि मात्र उडान सूचारु हुने बताइएको छ।
यस अगाडि बैशाख १ गते लुक्लामा समिट एयरको जहाज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। सोलुखुम्बुको तेञ्जिङ हिलारी विमास्थलमा ९ एन-एएमएच कलसाइनको जहाज धावनमार्गबाट चिप्लिदा दुर्घटना भएको थियो ।
लुक्लामा पर्यटक छाडेर रामेछाप फर्किने क्रममा धावन मार्गमै समिट एयर चिप्लिएको हो। उक्त जहाजले मनाङ एअरको हेलिकोप्टरलाई ठक्कर दिएको थियो।
साभार अन्नपुर्ण पाेष्ट बाट