• होमपेज
  • समाज
  • अबैध मदिरा बरामद गरी नष्ट

अबैध मदिरा बरामद गरी नष्ट

  • शनिबार, बैशाख ७, २०७६
अबैध मदिरा बरामद गरी नष्ट

बडिमालिका समचार
बैशाख ७
जिल्ला प्रहरी कार्यालय बाजुराले प्याट्के नामक (सौँफी) र अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको खटी गएको एक टोलीले सदरमुकाम मार्तडीको बाउली लगातयका क्षेत्रबाट ३ सय लिटर प्याट्के नामक (सौँफी) ३६ लिटर मदिरा र ४ लिटर मदिरा बनाउन प्रयोग गरिने अवैध कच्चा पदार्थ बरादम गरी नष्ट गरिएको प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले वताएका छन् ।
मदिराले समाजमा हरेक किसिमका अपराधिक घट्ना पछिल्लो सयम जिल्लामा कम हुदैँ गएका छन् । आज जिल्ला प्रहरी कार्यालय परिसरमा जिल्ला स्थित सरोकारवालकोको उपस्थितिमा उतm बरामद गरिएको मदिरा नष्ट गरिएको छ । बाजुरा प्रहरीले पछिल्लो समयमा अबैध मदिरा नष्ट गर्दै आएको छ । सदरमुकाम मार्तडीमा मात्र नभइ गाँउ गाँउमा पुगेर अबैध मदिरा खोजेर नष्ट पारीरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार