• होमपेज
  • बाजुरा बिशेष
  • विकास निर्माणको जोखिम काममा महिला

विकास निर्माणको जोखिम काममा महिला

  • शनिबार, बैशाख ७, २०७६
विकास निर्माणको जोखिम काममा महिला

बडिमालिका समचार

बाजुरा, ७ बैशाख
बडिमालिका नगरपालिका ८ र ९ का महिलाहरु विकास निर्माणको जोखिम काम आफै सक्रिय भएका छन् । सदरमुकाम मार्तडीमा खानेपानीको लायन बिस्तार देखी अन्य काममा महिलाहरु मात्र काम गर्ने गरेको जिल्ला समन्वय समितिका सदस्य धनि थापाले वताएकि छन् ।

पुरुषहरुको कामका लागि भारत गएका छन्, कोही काम गर्न नआउने भएकाले घरको काम मात्र नभई विकास निर्माणमा पनि महिलाहरुले गर्ने गरेका छन् । खानेपानीको लायन बिस्तारको काम शुरु भएको १ महिना सम्म सधै महिलाहरु मात्र काम गर्ने गरेको स्थानिय महिलाहरुले वताएकी छन् ।
त्यस्तै बडिमालिका नगरपालिका ४ ओलेनमा गाँउमा पुरुष नहुँदा विकास निर्माणको काममा महिला सहभागिता भएका छन् । गाँउ देखि लेख जाने बाटो निर्माणमा महिलाहरु आफै लागेका छन् । वडा सदस्य तुल्क्षि नाथले भनिन्, पुरुष पैशा कमाउन भारत गएका छन्, कोही आउदैनन् कडा काम समेत महिलाहरु गर्ने गरेको वताईन् । अहिले विकास निर्माणको सबै काम महिलाको जिम्मा रहेको नाथले वताईन् ।
स्वार्मीकार्तिक गाँउपालिका १ साप्पाटामा गाँउमा बयबृद्ध, महिला र वालवालिकामा मात्र रहेका छन् । स्थानिय शिक्षक मन बहादुर रोकायाले भने गाँउमा मलामि समेत भेटन समस्या भएको छ सबै भारततिर पसेका छन्, कोही मर्दा पनि अब महिलाले मलामी हुनु पर्ने अबस्था रहेको छ । सबै खाद्यन्नको जाहो गर्नका लागि भारत तिर पसेको रोकायाले वताएका छन् ।
अर्को लामो खडेरीले आजित बनेपछि शुदुरपश्चिमका बाजुरा, बझाङ्ग र कर्णाली का सबै जिल्ला धेरै गाँउका युवाहरु सबै भारत तिर हिडेका छन् । पुरुष जति सबै भारत हिडेपछि गाँउनै पुरुष बिहिन बन्दै गएका छन् । गाँउका केही विकास निर्माण काम परेपछि सबै महिलाको जिम्मा रहेको ताजाकोट मैला गाँउपालिका अध्यक्ष बागदल मल्लले वताए । लामो खडेरीका कारण बाजुराको पुर्वउत्तरी क्षेत्र, बझाङ्ग, कर्णालीका हुम्ला, मुगु, जुम्ला र कालिकोट गाँउ निकै काकाकुल बनेका छन् ।
लगातारको खडेरी कारण खेतियोग्य जमिन पुरै बाझो रहेको छ । खेती योग्य जमिन बाझै रहेपछि स्थानियमा चरम खाद्य संकट उत्पनन भएको छ । चार बर्ष देखीको लामो खडेरी कारण बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानिय निकाय, हुम्लाको श्रीनगर भेगका २ वटा गाँउपालिका र मुगुको श्रीकोट भेगका धेरै गाँउ पुरुष बिहिन बन्दै गएको बाजुराको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार