आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जय मालिका यातायातको प्रालिको तेस्रो साधारण सभा तथा महाधिबेसन सुरु

जय मालिका यातायातको प्रालिको तेस्रो साधारण सभा तथा महाधिबेसन सुरु

  • बिहिबार, बैशाख ५, २०७६
जय मालिका यातायातको प्रालिको तेस्रो साधारण सभा तथा महाधिबेसन सुरु

रमित बि.क.
वैशाख ४ बाजुरा
जय मालिका यातायात प्रालि बाजुराको तेस्रो साधारण सभा तथा महाधिबेसन बिहिवार बाट सुरु भएको छ । “स्तरिय सेवा हाम्रो चाँहाना, सुरक्षित यात्रा हाम्रो कामना” भन्ने नाराका साथ अधिबेशन सुरु भएको छ ।
अधिबेसनको उद्घाटन गदैँ संघीय सांसद लाल बहादुर थापाले पेशा व्यवसाय गुणस्तरिय रुपमा सञ्चालन गर्ने आग्रह गदैँ ईमान्दार रुपमा जनतालाई यातायात सेवा दिन अनुरोध गरेका छन् । थापाले अहिलेको समय, युग सुहाउँदो र युगले मागेको सवालहरुलाई लक्ष्यमा पुयाउन सक्ने क्षमता भएको नेतृत्व समेत अधिबेशनबाट छान्न समेत अनुरोध गरेका छन् । अध्यक्ष मिन बहादुर भण्डारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अथिति संघीय सांसद लाल बहादुर थापा रहेका थिए । कार्यक्रममा बडिमालिका नगरपालिका–९ का वडा अध्यक्ष बिनोद कुमार बिक, उद्योग बाँणिज्य संघका अध्यक्ष देब बहादुर रोकाया, पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह लगायत बिशिष्ट अथिति रहेका थिए ।
यातायात व्यवसायी देबेन्द्र नाथले स्वागत् मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन पृथ्वी रावलले गर्नुभएको थियो । होटेल हिलटपको हलमा सञ्चालन भएको कार्यक्रममा प्रतिबेदन प्रस्तुत महासचिव राधिका सिंहले गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट जीप चालक गगन बिक,उत्कृष्ट व्यवसायी सुरेन्द्र नाथ, कालु नाथ र भिम बुढा सम्मानित भएका छन् । २०७३ सालबाट यातयात सुविधा जिल्लामा दिदैँ आएको जय मालिका यातायात अब तेस्रो बर्षमा प्रबेश गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार