सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नागरिकता बाट बिमुख गुम्बा बासी

नागरिकता बाट बिमुख गुम्बा बासी

  • बिहिबार, बैशाख ५, २०७६
नागरिकता बाट बिमुख गुम्बा बासी

प्रकाश सिंह
बाजुरा ५ बैशाख
हिमाली गाँउपालिका ३ गुम्वा गाँउका अधिकांश बासिन्दा नेपाली नागरिकता बाट बिमुख बनेका छन् । सदरमुकाम एक साता टाढा भएकाले नागरिकता बनाउन सकेका छैनन् र अर्को नागरिकता बनाउनु पर्छ भन्ने चेतना समेत नभएकोले नागरिकता बाट बञ्चित भएका हुन् ।
१८ बर्ष पुरा भएका तर फोटो सहितको मतदाता नबनाएका ६० जना रहेका छन् । ति मध्ये १२ जनाका नागरिकता रहेका छन् भने ४८ जनाका नागरिकता समेत नरहेको हिमाली गाँउपालिका ३ का वडा सदस्य जगत बहादुर लामाले वताए । गुम्वा अन्र्तगत साना तिन वटा बस्ति रहेका छन् । फुली गुम्वामा ४ परिवार गुम्वामा १४ परिवार र गुम्वाको च्याचौरमा ७ परिवार बसोवास गर्दै आएका छन् । त्यो गाँउमा २ सय जनसंख्या रहेको छ ।
उमेरले ६२ बर्ष कटेका तोकाङ्ग गुरुङ्गले भने अब मार्तडी जान अबस्था छैन्, । बोकेर लिन पनि हप्ता पुग्दा लाग्छ, अनि नागरिकतानै नबनाएको वताएका छन् । नागरिकता बनाएपछि बृद्धभत्ताका लागि त काम लाग्ला हिडेर सकिदैन पुग्न्, बोकेर कोही नलिने वताए । उनि त उमेर ढल्कीसकेका छन् । धेरै युवाहरुले नागरिकता बनाएका छैनन् । २६ बर्षका काल्चाङ्ग गुरुङ्गले नागकिरता बनाएका छैनन्, नबनाउनमा प्रयास गरेका छन् । सामान्य साक्षर मात्र भएका उनलाई नागरिकताको महत्व बारे कुनै जानकारी समेत छैन् । नागरिकता र फोटो सहितको मतदाता नामावली कोही टाठाबाड र सदरमुकाम आवतजानत गर्नेले वनाएका छन् भने धेरै नागरिकता बाट बञ्चित भएका छन् । एकातिर सचिब खोज्दै हिडनु पर्छ अर्कोतिर टाढा छ त्यसैले नागरिकता बनाउन नसकेको डोमा गुरुङ्गले वताईन् । आवत जावत गर्न पनि निकै समस्या भएको उनिहरुले वताएका छन् ।
जन्म, विवाह र मृत्यु दर्ता हुदैन्
सरकारले प्रत्येक नागरिकले जन्म दर्ता विवाह दर्ता र मुत्यु दर्ता अनिवार्य गर्नु पर्ने ब्यबस्था भएपनि यो गुम्वा गाँउमा भने अहिले सम्म कसैले नगरेको वताएका छन् । उनिहरुलाई जन्म दर्ता मृत्यु दर्ता गरिनु पर्छ भन्ने समेत कुनै जानकारी समेत छैन्, र कहाँ गर्ने भन्ने जानकारी समेत नभएको स्थानिय स्वयसेविका पासाङ्ग लामाले वताईन् ।
प्रेम सिंह गुरुङ्गको ९ वटा बच्चा रहेका छन् । जेठो बच्चा २६ बर्षको भएका छन् भने कान्छि बच्चा ६ बर्षकि भएका छन् । उनले कसैको पनि जन्म दर्ता समेत गराएका छैनन् । बुवा आमाको मृत्यु दर्ता र आफ्नो विवाह दर्ता समेत गराएका छैनन् । उनलाई विवाह जन्म दर्ता गराएको बारेमा सोधपुछ गर्दा कुनै जानकारी समेत नभएको वताए । के हो, कहाँ जानु पर्छ कुनै जानकारी नभएको वताए ।
एकातिर सचिबहरु गाँउ बस्दैनन्, अर्कोतिर उनिहरुलाई खोज्दै जानु पर्छ, सामाजिक घटना दर्ता गर्नु पर्छ भन्ने कुनै चेतना सम्म समेत छैन् । स्थानिय दासाङ्ग गुरुङ्गका ५ बच्चा छन्, उनले कसैको पनि जन्मदर्ता नगराएको वताए । साथै गर्नु पर्छ भन्ने जानकारी समेत नभएको वताए । चेतनामा निकै पछाडी परेको समुदायलाई सरकारी सेवा बाट समेत थाहा नहुँदा बञ्चित भएका छन् । साहयक प्रमुख जिल्ला अधिकारी खग्रेन्द्र बहादुर मल्लले भने निकै टाढा भएकाले राज्यको सेवा सुबिधा बाट बिमुख हुने गरेको वताए । नागरिकता कसरी दिने भन्ने बारे छलफल भइरहेको वताए ।

चर्चामा

सम्बन्धित समाचार