• होमपेज
  • देश
  • पुल नहुँदा डोरीले तानेर स्थानिय नदि वारपार गदै, भिडियो सहित

पुल नहुँदा डोरीले तानेर स्थानिय नदि वारपार गदै, भिडियो सहित

  • मङ्लबार, बैशाख ३, २०७६
पुल नहुँदा डोरीले तानेर स्थानिय नदि वारपार गदै, भिडियो सहित

प्रकाश सिंह
बैशाख ३ बाजुरा
बाजुराको सर्वाधिक बिकट गुम्बा गाँउ जाने दुई नदिमा झुलङ्गे पुल नहुँदा डोरीले तानेर वारपार गर्ने गरेका छन् । हिमाली गाँउपालिका ३ गुम्बा र बौडीको बिचमा पर्ने छिन्दु र गुम्बा खोलामा पुल नहुँदा डोरीले तानेर स्थानिय वारपार गर्ने गरेको स्थानिय लालु कुवर भोटेले वताएका छन् ।
नदि ठुलो भएकाले हिउँदको समयमा पनि नदि तर्न सकिदैन्, डोरीले तानेर वारपार गर्ने गरेका छौ्, पशु चौपाया पनि तानेर वारपार गर्ने गरेको वडा सदस्य जगत बहादुर लामाले वताएका छन् । गुम्बा गाँउमा २६ जना परिवार बसोवास गर्ने गरेका छन् । हिमाली गाँउपालिका बौडी देखी गुम्बा पुग्दा सम्म दुबै नदिमा झुलङ्गे पुल नहुँदा कष्टकर तरिकाले नदि तर्ने गरेको सदस्य लामाले वताए । बयबुद्ध लालु कुबरका अनुसार आफुलाइ थाहा भए अनुसार अहिले सम्म नदि तर्ने बेला ७ जना बगेर बेपत्ता भएको उनले वताए । पशुचौपाय बर्षेनी धेरै बगेर मर्ने गरेको छन् ।
गुम्बा खोला त अलि सानै रहेको छ । छिन्दु खोला हिउँदमा त तर्न सकिन्न बर्षात झनै समस्या हुने गरेको स्थानियले वताएका छन् । नदि भिरालो भएर बग्ने भएकाले पौडी खेलेर तर्न समेत समस्या भएको लालु कुवरले भने । हिउँदको समयमा काठेपुल निर्माण गरेपनी बर्षातमा बगाउने र काठेपुल निर्माण गर्न पनि निकै समस्या हुने गरेको उनले वताए । छिन्दु खोला झुलङ्गे पुल नुहदा गुम्बा गाँउमा मात्र नभइ हिमाली भेग तिर जान र सैन हिमालमा जडिबुटि संकलन गर्न जान आवतजावत गर्न निकै समस्या भएको छ । झुलङ्गे पुल निर्माणका लागि पटक पटक पहल गर्दा पनि कतै बाट सहयोग नभएको स्थानियले वताएका छन् ।
नदिमा झुलङ्गे पुल नभएर बाटो पनि अप्ठयारो भएकाले गुम्वा बाट स्वास्थ्य चौकी, कोल्टि मार्तडी आउन जान लागि जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ । बर्षातका ४ महिना त गुम्वा र बाजुराको सम्पर्क बिच्छेदनै हुने गरेको छ ।
कहि कवाडी नदिको किनारा किनार र कही भिर बाटो हिडनु पर्ने भएकाले हिउँदको समयमा पनि आवतजावत गर्नमा निकै समस्या भोग्दै आएका छन् । फुलीगुम्वा नजिकै भिरमा त काठ राखेर भिरमा वारपार गर्ने गरेका छन् । त्यहाँ बाट खस्यो भने कवाडी नदिमा खस्ने जोखिम हुन्छ, ज्यानै जाखिम मोलेर औल बाट खाद्यन्न सामार्गी अन्य मालासमान बोक्ने गरेको जगत लामाले वताए । साथै बिच बिचमा घरघोर जंगल भएकाले भालुले आक्रमण गर्ने खतराले पनि आवतजात गर्नमा निकै समस्या हुने गरेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार