मङ्लबार, मंसिर १८, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • आक्रामक अख्तियार : भ्रष्टाचारको आरोपमा को-को परे ?

आक्रामक अख्तियार : भ्रष्टाचारको आरोपमा को-को परे ?

  • सोमवार, बैशाख २, २०७६
आक्रामक अख्तियार : भ्रष्टाचारको आरोपमा को-को परे ?

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०७५ मा आक्रामक रह्यो। तर वर्षको अन्त्यअन्त्यतिर भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको संस्थाका पदाधिकारी नै ‘घुसकाण्ड’मा मुछिए। यो घटनाले भने अख्तियारको छविलाई धमिल्याउन खोज्यो।

लोकमानसिंह कार्की प्रवृत्तिबाट जनविश्वास गुमाएको अख्तियारमा घिमिरे प्रमुख आयुक्त भएसँगै आशाको सञ्चार भएको थियो। ठीक त्यति बेलै आयुक्त पाठकले घुस लिएको भिडियो बाहिरियो। नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण, भक्तपुरका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख घुस लिएको खुलेपछि पाठक राजीनामा दिन बाध्य भए। अख्तियारले आफ्नै आयुक्त पाठकविरुद्ध मुद्दा दायर ग र्‍यो। यो घटना इतिहासकै नौलो थियो। यता अख्तियारकै प्रहरी सहायक निरीक्षक जन्म अधिकारी पनि १ लाख घुससहित समातिए। अधिकारीविरुद्ध अदालतमा घुस मुद्दा दायर भयो। अख्तियारभित्रकै पदाधिकारी र कर्मचारी भ्रष्टाचार तथा घुसमा मुछिए पनि यो वर्ष अख्तियारको सक्रियता निकै बढ्यो।

उजुरी र मुद्दा बढ्ने मात्र होइन, तमेलीमा रहेका पुराना उजुरीलाई अख्तियारले जगाएको छ। ९१ लाख बिगोसहित पूर्वगर्भनर तिलकबहादुर रावलसहित तीन जनावरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियारले यसै अवधिमा दुई ठूला निर्माण कम्पनी कालिका कन्स्ट्रसन र पप्पु कन्स्ट्रसनविरुद्ध मुद्दा चलायो। बर्दियाको जब्दीघाट पुल बनिनसक्दै भत्किएपछि निर्माण कम्पनी पप्पु कस्ट्रसनविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ। पप्पुका मालिक एवम् सांसद हरिनारायण रौनियारसहित १२ विरुद्ध मुद्दा दायर भई विशेष अदालतमा विचाराधीन छ।

बाँकेको सिक्टा नहर सञ्चालन नहुँदै भत्किएपछि कालिकाका मालिक एवं पूर्वमन्त्री विक्रम पाण्डे र आयोजना ४ प्रमुखसहित २१ जनाविरुद्ध मुद्दा दयार गरेको छ। अख्तियारको कार्यक्षेत्र बढेको छ। स्थानीय तहमा निर्वाचित पदाधिकारीसमेत अख्तियारको दायरामा छन्। उच्च पदका व्यक्तिविरुद्ध अख्तियारले कारबाही केन्द्रित गरेको छ। उच्च पदका व्यक्तिविरुद्ध उजुरी र मुद्दा दर्ता बढ्नुका साथै बिगो रकम यस वर्ष बढी माग दाबी गरिएको छ। चालू आवको ९ महिनामा अघिल्लो एक वर्षभन्दा बढी उजुरी दर्ता भएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाको भनाइ छ।

गत आवमा १९ हजार ४ सय ८८ उजुरी दर्ता भएका थिए। चालू आवको चैतसम्ममै २५ हजार उजुरी दर्ता भइसकेका छन्। तर दर्ता प्रवृत्ति यस वर्ष फरक देखिएको छ। स्थानीय तहका उजुरी धेरै परेका छन्। २४ प्रतिशत अर्थात् एक चौथाई उजुरी त स्थानीय तहका नै छ। जब कि अघिल्लो वर्षसम्म स्थानीय तह र शिक्षा क्षेत्रका उजुरीको अवस्था उस्तै थियो। शिक्षा र स्थानीय तहका १८÷१८ प्रतिशत उजुरी थिए। यस वर्ष शिक्षा क्षेत्रका उजुरी घटेर १० प्रतिशतमा सीमित भए। दायरा बढेकाले स्थानीयका उजुरी धेरै आएको अख्तियार प्रवक्ता कोइराला बताउँछन्।

‘छानबिनपछि यथार्थ बाहिर आउँछन्। तर संस्था हिसाबले पक्कै पनि स्थानीय तहमा भ्रष्टाचार बढेको छ,’ उनले भने। उदयपुरको कटारी नगरपालिका र इलामको माई नगरपालिकाका लेखा अधिकत रविनचन्द्र ढकालले छोटो समयमा अकुत सम्पत्ति आर्जन गरेका छन्। उनले सवा ७ करोडभन्दा बढी सम्पत्ति आर्जन गरेको अख्तियारले मुद्दा चलाएको छ। उनी हिरासतमै छन्।

यस वर्ष मुद्दाको संख्यामा पनि बढेको छ। ९ महिनामा नै २ सय ३० मुद्दा विशेष अदालमा दायर भइसकेका छन्। अघिल्लो आर्थिक वर्षमा भने १ सय ९४ मुद्दा दर्ता भएका थिए। निर्वाचन प्रणालीमा सुधार नगरेसम्म भ्रष्टाचार नियन्त्रणमा नसकिने अख्तियारका प्रमुख आयुक्त घिमिरेले बताउँदै आएका छन्।

अख्तियारको कार्यक्षेत्र बढेको छ। स्थानीय तहमा निर्वाचित पदाधिकारीसमेत अख्तियारको दायरामा छन्। उच्च पदका व्यक्तिविरुद्ध अख्तियारले कारबाही केन्द्रित गरेको छ।

अख्तियारले १ हजार ८ सय ४८ वटा अलपत्र ठेक्काको अध्ययन गरेको छ। अलपत्र ठेक्काको १ खर्ब १८ अर्ब रकम जोखिम छ। पूर्वाधार विकाससँग सम्बन्धित सात मन्त्रालयअन्तर्गत ८ निकायका अध्ययन गर्दा ठेक्का सम्झौतापछि २४ अर्ब पेस्की मोबिलाइजेसनबापत दिइएको पाइएको छ। १ हजार ३२ ठेक्काको सम्झौताको म्यादसमेत थपिएको छ। अलपत्र ठेक्का सम्बन्धमा सचिव, आयोजना प्रमुखलाई बोलाएर अख्तियारले सचेत गराउने कामसमेत गरेको छ। सार्वजनिक खरिद÷निर्माण प्रक्रियामा सुधारतर्फ प्रयास सम्बन्धित निकायलाई अख्तियारले निर्देशन दिएको छ।

भ्रष्टाचार नियन्त्रणका लागि आयोगले आन्तरिक कार्यविधि बनाएको छ। आन्तरिक कार्याविधिअनुसार आयोगले काम गरिरहेको छ। विकास निर्माण गुणस्तर जाँच कार्यविधि लागू गरिएको छ। ‘ र्‍यापिड एक्सन फोर्स’ बनाइएको छ, जसले उजुरी नै पर्खनुपर्दैन। भ्रष्टाचारको सम्भाव्य क्षेत्रको पहिचारन गएर स्टिङ अपरेसन गर्ने, निगरानी गर्ने काम आफै गर्छ। इन्टेलिजेन्स इकाइ बनाएको छ।

इन्जिनियरिङ ल्याबलाई पुनः सुरु गरिएको छ। अब विकास निर्माणको गुणस्तर आफैले परीक्षण गर्ने भएको छ।

भ्रष्टाचारविरुद्ध नागरिक समाजलाई सक्रिय बनाउन नागरिक निगरानी समूह बनाउने कामसमेत सुरुवात गएको छ। आफै सेवाग्राही भएर सेवाप्रवाहको अवस्था पहिचान गर्ने कामसमेत सुरु हुँदै छ।

सक्रियता थपिएसँगै चुनौती पनि थपिएको प्रवक्ता कोइरालाले बताए। भ्रष्टाचार अनुभूति सूचकांकमा पनि खासै सुधार आउन सकेको छैन। ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार सूचकांक (सीपीआई)मा नेपालले गत वर्ष ३१ नम्बर मात्र पायो। अघिल्लो वर्ष पनि नेपालले सय पूर्णांकमा यति नै नम्बर ल्याएको थियो। सूचकांकमा दक्षिण एसियामा पनि नेपालले अफगानिस्तानलाई मात्र पछि पारेको छ, जुन चिन्ताजनक अवस्था हो।

यी हुन् अख्तियारमा परेकाहरु

२०७५ साउन ४ गते : यातायात व्यवस्था कार्यालय एकान्तकुनामा लाइसेन्स वितरणमा भ्रष्टाचार गरेको आरोपमा मेकानिकल इन्जिनियरसहित १३ जनाविरुद्ध मुद्दा दायर

२०७५ साउन २१ गते : कटारी नगरपालिका उदयपुर र माई नगरपालिका इलाममा लेखा अधिकृत रविनचन्द्र ७ करोड अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर। उनले ३ करोड ९८ लाख कटारी नगरपालिकामा भ्रष्टाचार गरेका थिए। ३ करोड २४ लाख माई नगरपालिका भ्रष्टाचार गरेका थिए।

२०७५ असोज १९ : बर्दियाको बबई नदीमा बनेको जब्दीघाट पुल उद्घाटन नहुँदै भत्किएपछि पप्पु कन्स्ट्रक्सनका मालिक एवं सांसद हरिनारायणप्रसाद शाह रौनियारसहित १२ जनाविरुद्ध मुद्दा दायर। उनीहरूविरुद्ध १९ करोड ३२ लाख बिगो माग दाबी।

२०७५ कात्तिक ९ : ताहाचलस्थित वैदेशिक रोजगार विभागका शाखा अधिकृत हरिप्रसाद देवकोटासहित २५ जनाविरुद्ध अवैध श्रम स्वीकृति दिएर भ्रष्टाचार गरेको आरोपमा मुद्दा

२०७५ कात्तिक ११ : मालपोत कार्यालय परासीका मालपोत अधिकृत मनोहरप्रसाद पन्थीसहित ७ जनाविरुद्ध सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा २ करोड ८६ लाख बिगोसहित मुद्दा दायर

२०७५ कात्तिक १५ : बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष दीगम्बर रायसमेत १० जनाविरुद्ध बदनियत र लापरवाहीपूर्वक बोलपत्र मूल्यांकन र स्वीकृत गरी भ्रष्टाचार गरेकोमा मुद्दा दायर

२०७५ मंसिर १० : कम्पनी रजिस्ट्रारको कार्यालयका उपरजिस्ट्रार गंगाधर पौडेलसहित ११ विरुद्ध गलत लिखत तयार गरी भ्रष्टाचार आरोपमा मुद्दा

२०७५ मंसिर २० गते : सिक्टा सिँचाइ आयोजनाको अनियमिततामा कालिका कन्स्ट्रक्सनका मालिक एवं पूर्वमन्त्री विक्रम पाण्डे र आयोजनाका ४ पूर्वप्रमुखसहित २१ विरुद्ध २ अर्ब १३ करोड रुपैयाँ बिगोसहित मुद्दा

२०७५ पुस ५ : नेपाल राष्‍ट्र बैंकबाट अस्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छाप्दा भएको भ्रष्टाचारमा पूर्वगर्भनर तिलकबहादुर रावलसहित ३ जनाविरुद्ध मुद्दा। अस्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छापेको, नोट प्रिन्टिङ अस्ट्रेलियासँग गैरकानुनी मिलेमतो गरेको मुद्दामा उल्लेख।

२०७५ पुस २३ गते : नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी प्रमुख गोपालबहादुर खड्काविरुद्ध १८ करोड रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा

२०७५ पुस २५ गते : यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध २ करोड १० लाख अकुत सम्पत्ति आर्जनमा मुद्दा

२०७५ माघ २१ : समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत अनियिमतताको अभियोगमा पूर्वमन्त्रीद्वय बद्री न्यौपानेसहित १४ विरुद्ध मुद्दा। उनीहरूविरुद्ध ३१ करोड ५२ लाख रुपैयाँ बिगो माग।

२०७५ माघ १५ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका रेडियो अपरेटर (नासु) श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध १४ करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा मुद्दा। ३३ किलो अवैध सुन तस्करीको अभियोगमा अनुसन्धानका क्रममा ०७३ पुस २७ देखि उनी निलम्बनमा छन्।

२०७५ चैत १२ गते : अख्तियारका पूर्वआयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका अध्यक्ष लम्बोदर न्यौपानेविरुद्ध ७८ लाख घुसकाण्डमा मुद्दा

स्टिङ अपरेसन

२०७५ असार ३२ गते : जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका प्रमुख सुरेन्द्र पराजुली २ लाख ८० हजार घुससहित पक्राउ। कर्मचारीहरूको तलब निकासा ढिलो गरी घुस लिइसकेका उनलाई सरकारी निवासबाटै पक्राउ गरिएको थियो।

२०७५ साउन १३ गते : सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय भैरहवा रूपन्देहीका कार्यालय प्रमुख डीई सुरेश ठाकुर ३६ लाख घुससहित नियन्त्रणमा। समयमै निर्माणको बेला मूल्याकंन नगरी विभिन्न बहानामा पटक पटक रकम लिँदै आएका डीई ठाकुरलाई अख्तियार टोलीले घुससहित नियन्त्रणमा लिएको थियो।

२०७५ फागुन १ गते : बबरमहलस्थित काठमाडौं जिल्ला अदालतका नासु भोलानाथ चालिसेले सवारी ज्यान मुद्दा सहज गराइदिन ५ लाख घुस लिएका थिए। माघ १७ गते उनी घुससहित पक्राउ परे।

नासु चालिसेले काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँको सल्लाह र सहमतिमा लिएको बयान दिएका छन्। विचाराधीन सवारी ज्यान मुद्दाका प्रतिवादीलाई सजाय घटाइदिने भनी न्यायाधीश बानियाँले घुस मागेका थिए।

२०७५ असोज २४ : उच्च सरकारी वकिलको कार्यालय पोखराका सहन्यायधिवक्ता सुरेन्द्रबहादुर थापा ५ लाख घुस लिँदालिँदै पक्राउ।

२०७५ असोज २१ : महानगरीय प्रहरी वृत बौद्ध, काठमाडौंका प्रहरी नायव उपरीक्षक श्यामकुमार राई घुससहित पक्राउ। उनले सोनी कम्पनीको टेलिभिजन दिनु भनी जिन्सी सामान घुस मागेका थिए। उनलाई अख्तियारले १ लाख ४० हजार रकम घुससहित पक्राउ गरेको थियो।

२०७५ मंसिर ४ गते : जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीका जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला ८० हजार घुससहित पक्राउ।

२०७५ मंसिर १६ गते : प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल १ लाख घुससहित पक्राउ। उनले लोकसेवाको परीक्षाको अन्तवार्तामा उत्तीर्ण गराइदिने भन्दै रकम लिएका थिए।

२०७५ माघ १ गते : कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरका सहायक रजिस्ट्रार गीताकुमारी पन्थी १ लाख रकमसहित अख्तियारको नियन्त्रणमा

२०७५ फागुन ३ गते : जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ लेनदेनसम्बन्धी उजुरी मिलाइदिने बहानामा २५ हजार घुससहित पक्राउ  आजकाे अन्नपुर्ण पाेष्टमा समाचार छापीएकाे छ ।

 आजकाे कान्तीपुरले विभिन्न सञ्चारमाध्यम र इन्टरनेटमा लुक्लास्थित तेन्जिङ-हिलारी विमानस्थललाई संसारकै सबैभन्दा जोखिमपूर्ण १० विमानस्थलको सूचीमा राखिएको छ । कतिपयले यसलाई पहिलो नम्बरमै राखेका छन् । खुम्बुक्षेत्र (सगरमाथा) जान चाहेका कति पर्यटक यिनै समाचार पढेर आफ्नो गन्तव्य मोडछन् । सगरमाथा क्षेत्र घुम्न आउनेलाई पहिलो चिन्ता सकुशल रूपमा लुक्ला ओर्लिन्छु कि ओर्लिन्न भन्ने हुन्छ,’ पर्यटन व्यवसायी बाबु शेर्पा भन्छन्, ‘एकातिर मौसम प्रतिकूल हुने । अर्कातिर एयरपोर्ट खतराको समाचार ।’

यस वर्ष आरोहण तथा ट्रेकिङ मौसम सुरु हुनेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे मर्मत थालिएपछि खुम्बुको पर्यटन थप प्रभावित भएको थियो । काम नसकिइन्जेललाई रामेछापको मन्थलीबाट उडान हुँदै आएको छ । पर्यटकीय मौसममा दैनिक ६५-७० वटासम्म उडान हुने लुक्ला देशकै सबैभन्दा व्यस्त आन्तरिक विमानस्थल हो । आइतबार यहीँ भएको विमान दुर्घटनाले थप त्रास पैदा गरेको छ । कतिपयले सगरमाथाको मुख्य प्रवेशद्वार मानिने लुक्लाको विकल्प खोजिनुपर्ने विषय उठाएका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङमिदोर्जी शेर्पा भने लुक्लामा अधिकांश दुर्घटना विमानको प्राविधिक कारणले हुने बताउँछन् । ‘रनवे छोटो भएर, विमानस्थल खराब भएर दुर्घटना भएकै होइन,’ उनले भने, ‘त्यस्तो हुने भए त प्रत्येक विमान दुर्घटनामा पर्नुपर्ने हो । प्रतिकूल मौसम र प्राविधिक कारण नै प्रमुख छन् ।’

सोलुवासी डा. मिङमार शेर्पाले लुक्ला विमानस्थललाई सुरक्षित बनाउन नसक्नु प्राविधिक कमजोरीबाहेक केही नभएको भन्दै आइतबार टि्वट गरेका छन् । रनवे छोटो र अवतरणको समयमा उकालो पर्ने भएकाले तथा अवतरण गरेपछि सिधै पहाडको फेदमा पुग्ने भएकाले लुक्ला खतरनाक एयरपोर्टमा गनिन्छ,’ उनले टि्वटरमा लेखेका छन्, ‘आजको जमानामा समुद्रमाथि सयौं ठूला जहाज उत्रने विशाल अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सक्छ तर लुक्लालाई सुरक्षित बनाउन नसक्नु हाम्रा प्राविधिकहरूको कमजोरी सिवाय केही होइन, ।’

लुक्लामा नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर पार्किङ तथा अवतरणका लागि छुट्टै हेलिप्याड निर्माण गर्न लागेको छ । त्यसका लागि ठेक्का भएर काम अघि बढिसकेको गाउँपालिका प्रमुख शेर्पाले बताए । उक्त हेलिप्याडमा १० वटासम्म हेलिकप्टर पार्किङ गर्न सकिने जनाइएको छ । आइतबारको दुर्घटनामा विमान रनवे छाडेर हेलिकप्टर पार्किङ क्षेत्रमा प्रवेश गरेको थियो । स्थानीय पनि यसमा विमान चालकको कमजोरी वा अन्य प्राविधिक कारण हुन सक्ने ठान्छन् । सरकारले समिति बनाएर घटनाको सत्यतथ्य पत्ता लगाउनुपर्ने उनीहरूको माग छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रै रहेको स्याङबोचे विमानस्थल वषर्ार्ंैदेखि बन्द छ । नागरिक उड्डयन प्राधिकरणले स्याङ्बोचे विमानस्थल स्तरोन्नति र क्षेत्र विस्तार गर्न खोज्दा सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा परेकोलगायत कारण देखाउँदै बन्द गरेको हो । तर, यसको आन्तरिक कारण नाम्चेका केही स्थानीयको अवरोध रहेको बताइन्छ । स्याङ्बोचेमा सिधै पर्यटक ओर्लिने र फर्किने गर्दा नाम्चेको व्यापार घटेको भन्दै उनीहरूले विरोध गरेका थिए । ‘उडान सहजै भरिरहेको विमानस्थल एकाएक बन्द हुनुमा स्वार्थ अवश्य जोडिएको छ,’ खुम्जुङका स्थानीय तथा होटल व्यवसायी गेलु शेर्पाले भने, ‘लुक्लाको विकल्पका रूपमा स्याङ्बोचे विमानस्थलभन्दा अरू उत्तम हुनै सक्दैन ।’ रनवेलगायत भूगोलका दृष्टिले समेत स्याङ्बोचे सुरक्षित रहेको स्थानीयको दाबी छ ।

लुक्लानजिकै सुर्केसम्म सडक लैजान सोलुखुम्बु सदरमुकाम सल्लेरीदेखि खन्न थालिएको ६ वर्षभन्दा बढी बितिसकेको छ । यसले पूर्णता पाए विकल्पका रूपमा सडक माध्यमसमेत प्रयोग गर्न सकिने देखिन्छ ।

विभिन्न स्रोतबाट प्राप्त तथ्यांकअनुसार लुक्ला विमानस्थलमा सन् २००३ देखि २०१६ सम्म विमानमार्फत सेवा लिने यात्रुको संख्या ११ लाख ७६ हजार ४ सय ४३ छ । सन् २०१६ मा सबैभन्दा बढी १ लाख १९ हजार ८ सय १ जना यात्रु विमानमार्फत पुगेका थिए । सन् १९७३ यता लुक्लामा साना-ठूला गरी १० भन्दा बढी विमान दुर्घटना भएका छन् । करिब दुई दर्जनले ज्यान गुमाएका छन् । लुक्ला विमानस्थल प्रथम सगरमाथा आरोही एडमन्ड हिलारीको पहलमा सन् १९६४ मा निर्माण थालिएको थियो । जग्गा माग्दा स्थानीयले दिन नमानेपछि उनले किनेरै काम अघि बढाएका थिए । त्यतिखेर पर्याप्त जग्गा नपाएको भन्दै उनी असन्तुष्ट रहेको बताइन्छ ।

नयाँ प्रहरी ऐन बन्ने प्रक्रिया अघि बढेपछि नेपाल प्रहरीमा सेवाहदबारे विवाद चर्किएको छ । केही प्रहरी अहिलेको ३० वर्षे सेवाहद कायमै राख्नुपर्ने पक्षमा छन् भने अर्काथरी हटाउनुपर्ने पक्षमा छन् । दुईथरी लबिङका कारण गृह मन्त्रालयका अधिकारी नै अन्योलमा परेका छन् ।

कानुन र अर्थ मन्त्रालयबाट सहमति आइसकेको नयाँ ऐनको मस्यौदामा ३० वर्षे सेवाहद कायमै राखिएको छ । यद्यपि, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ यो व्यवस्था हटाउने पक्षमा छन् । उनले सार्वजनिक रूपमै ३० वर्षे सेवाहदले प्रहरी संगठनलाई असर गरेकाले हटाइने बताइसकेका छन् । अहिले नै त्यसबारे मस्यौदामा राख्दा विवाद हुने भएकाले मन्त्रिपरिषद्बाट निर्णय गर्ने तयारी छ ।
 के पर्छ असर ?
निजामती सेवामा उमेर र पदावधिका कारण अनिवार्य अवकाश पाउने प्रावधान छ । तर, नेपाल प्रहरीमा भने उमेर, पदावधिका साथै सेवाहदका कारण पनि अवकाश पाउने व्यवस्था छ । भर्ना भएको ३० वर्ष सेवा पुगेपछि अनिवार्य अवकाश हुन्छ । यो प्रावधानले आफूहरूलाई अन्याय भएको प्रहरीको गुनासो छ ।

अहिले प्रहरी संगठन संघीय संरचनामा जाँदा पनि सेवाहद हटाउन नसके कहिल्यै हटाउन नसकिने कतिपय प्रहरी अधिकृतहरूको भनाइ छ । ‘यसबाट राज्यलाई पनि करोडौँ फाइदा हुन्छ, संगठन पनि थप बलियो हुन्छ,’ एक प्रहरी अधिकृत भन्छन् । सक्रिय उमेरमै सेवाहदका कारण अवकाश दिँदा संगठनले तालिमप्राप्त जनशक्ति गुमाउने र अर्काेतर्फ पेन्सनभारसमेत बढ्ने उनको भनाइ छ ।

अर्काथरी प्रहरी अधिकारी भने सेवाहद हटाउँदा आफूहरूको करिअरमा असर पर्ने बताउँछन् । खासगरी संगठनमा भावी नेतृत्वको दौडमा रहेका अधिकारीहरू ३० वर्षे सेवाहद कायमै राख्नुपर्नेमा छन् । गृह मन्त्रालय यतिवेला दुवै पक्ष खुसी हुनेगरी निर्णय गर्ने तयारीमा छ । ‘सबैलाई फाइदा हुने गरी सेवाहदबारे निर्णय हुन्छ,’ गृहका उच्च अधिकारीले भने ।

विगतमा बढुवा तथा अवकाशका प्रावधान नियमावलीमा मात्र भएकाले त्यसलाई सरकारले पटक–पटक हेरफेर गर्दै आएको थियो । अब ऐनमा नै यस्ता प्रावधान राख्न लागिएको हो । मानार्थ बढुवा र २७ वर्षसम्म इन्स्पेक्टर भर्नाको प्रावधान नयाँ ऐनमा मानार्थ बढुवाको व्यवस्थासमेत गरिएको छ । बढुवाको मापदण्ड पुगेपछि अवकाश हुन लागेका र प्रशंसनीय काम गरेका सइ र असइलाई एक तह मानार्थ बढुवाको प्रस्ताव गरिएको हो । एक वर्षमा बढीमा दुईजना प्रहरीलाई मात्र मानार्थ बढुवाको व्यवस्था गरिएको छ । सशस्त्र प्रहरीमा एसपीसम्मका प्रहरीलाई पहिलेदेखि नै यस्तो सुविधा दिइएको छ ।

प्रहरी भर्नामा उमेरहदसमेत संशोधन गर्न लागिएको छ । नयाँ ऐनअनुसार इन्स्पेक्टरमा २७ वर्षसम्म आवेदन दिन सकिनेछ । तल्लो पदमा उमेरहद २५ वर्ष तोकिएको छ । उमेरहदका कारण थोरै मात्र आवेदन पर्न थालेपछि बढाउने प्रस्ताव गरिएको हो । नयाँ ऐनमा बढुवाका प्रावधान हेरफेर गर्नुका साथै डिएसपीका २० प्रतिशत पदमा आन्तरिक प्रतिस्पर्धाबाट बढुवाको प्रस्ताव गरिएको छ । त्यस्तै, एसपी पदसम्मै आन्तरिक प्रतिस्पर्धाबाट बढुवाको प्रावधान राख्नुपर्ने राय धेरै युवा प्रहरी अधिकृतको छ ।

 यस्तो छ सेवाहदको राजनीति
०४८ देखि प्रहरीमा सेवाहदको राजनीति हुन थालेको थियो । त्यसवेला सरकारले रत्नशमशेर राणालाई हटाएर मोतीलाल बोहरालाई आइजिपी बनाउन ३० वर्षे सेवाहद लागू गरायो । तर, लगत्तै सेवाहद हटाएको थियो । ०६५ मा फेरि ३० वर्षे सेवाहद लागू भएपछि यो कायमै छ । सेवाहदसम्बन्धी प्रावधान नियमावलीमा हुँदा मन्त्रिपरिषद्ले सहजै संशोधन गरी आफूअनुकूल निर्णय गर्दै आएको थियो । पूर्वआइजिपी कुवेरसिंह राना नेतृत्वको कार्यदलले ३० वर्षे सेवाहद हटाउन राय दिएको थियो ।

एकातर्फ प्रदेशमा कसरी र कुन तहसम्मका प्रहरी समायोजन गर्ने र उनीहरूको सरुवा–बढुवालगायतका प्रावधान के हुने भन्ने अन्योल छ । यहीवेला ३० वर्षे सेवाहदको लबिङ पनि संगठनभित्र चर्किएको हो । नेपाल प्रहरीमा सेवाहद हटे अर्काे सुरक्षा संगठन सशस्त्र प्रहरी बलमा समेत हट्ने सम्भावना छ । राष्ट्रिय अनुसन्धान विभागमा सेवाहद केही महिनाअघि मात्र हटाइएको थियो ।

३० वर्षे सेवाहदका कारण संगठनको नेतृत्वमा विवाद उत्पन्न हुँदै आएको छ । जस्तै, सर्वेन्द्र खनाल डिआइजी भएको केही महिनामै आइजिपी भएका थिए । ३० वर्षे सेवाहदकै कारण यस्तो अवस्था सिर्जना भएको हो । विनागृहकार्य सेवाहदको प्रावधान हटाउँदा पनि केही ब्याचका प्रहरीमाथि अन्याय हुने भएकाले यसमा विवाद भएको हो । आजकाे नागरिकमा समाचार छापीएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार