• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पनि धुमधामका साथ मनाईयो विसु पर्व

बाजुरामा पनि धुमधामका साथ मनाईयो विसु पर्व

  • आइतवार, बैशाख १, २०७६
बाजुरामा पनि धुमधामका साथ मनाईयो विसु पर्व

मदन वि.क.
बाजुरा १ बैशाख
नयाँ बर्षको सुभारम्भ अर्थात विशु पर्व बाजुरामा पनि धुमधामका साथ रमाईलो गरी मनाईएको छ ।
स्थानीयहरुले प्रत्येक वर्षमा नयाँ वर्षलाई स्वागत गर्ने र विसु पर्वमा एक अर्कामा रमाईलो गर्ने प्रचलन रही आएको छ । नयाँ वर्षको स्वागत स्वरुप यहाँका स्थानियले विसु पर्व लाई विषेश रूपमा मनाएका छन् । नयाँ वर्षको स्वागत संगै विसु पर्व मनाउनका बडीमालिका नगरपालिका वडा नं. ३ रजालीमा भव्य कार्यक्रमको आयोजना गरी विसु पर्व मनाईएको छ ।


बडीमालिका नगरपालिका वडा नंं ३, रजाली युथ क्लव, वडा स्तरीय महिला अधिकार मंच, वालअधिकार मंचले नयाँ वर्षको अवसर पारी सयुक्त रुपमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना संगै विशु पर्वलाई धुमधामका साथ मनाएका छन् ।
विसु पर्वको अवसरमा रजाली गाउँमा रहेका समुदायहरुले नजिकैको खोलामा गएर एक आपसमा पानीसंग भिज्दै रमाईलो गरेका छन् । पर्वकै अवसरमा स्थानीय महिलाहरुले देउडा गीत मार्फत नयाँ वर्षको स्वागत तथा विशु पर्व मनाएका छन् ।
विशु पर्वलाई लक्षित गरेर गाउँका स्थानीयहरुले साँकेतिक रुपमा ३ जोडी वेहुला–वेहुली बनाएर बाजागाजा सहित वडा नं. ३ को छडीखोलामा गएका थिए । खोलामा गएर महिलाहरुले बेहुलीलाई लुकाउने र पुरुषहरुले बेहुलीलाई खोज्ने क्रममा महिलाहरुले पूरुषहरुलाई पानीले भिजाउने प्रचलन रहेको बडीमालिका ३ का वडा अध्यक्ष वीरबहादुर रावलले बताए । उनले भने विगतका दिनहरुमा गाउँमा समुदायले छुट्टा छुट्टै विशु पर्व मनाउने गरेका भएपनि यस वर्ष एउटै ठाउँमा सवै समुदायहरु जमघट मिलेर यो पर्व मनाएको बताए ।
यस अघि बिहे गरेर आफनो घर गएकी छोरी चेली पनि टाढा–टाढाबाट माइती आउने तथा सबैसँग भेटघाट र सुख दुख साट्ने गर्दछन् । त्यस्तै विसुु पर्वका दिन एक आपसमा सिस्नु पानी लगाएमा वर्षभरी कुनै पनि रोग नलाग्ने मान्यता अनुसार जिल्लाका ९ वटै स्थानीय तहहरुमा यो पर्व मनाउने प्रचलन रहि आएको स्थानीय जानकारहरुले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार