• होमपेज
  • अर्थ/वाणिज्य
  • उच्च पदाधिकारीद्वारा राष्ट्रिय वाणिज्य बैंकमा १ अर्बको घोटाला

उच्च पदाधिकारीद्वारा राष्ट्रिय वाणिज्य बैंकमा १ अर्बको घोटाला

  • शुक्रबार, चैत्र २९, २०७५
उच्च पदाधिकारीद्वारा राष्ट्रिय वाणिज्य बैंकमा १ अर्बको घोटाला

काठमाण्डाै २९ चैत्र । राष्ट्रिय वाणिज्य बैंकका पदाधिकारीहरुले व्याजदरमा घोटाला गरेको पाइएको छ।

राष्ट्रिय वाणिज्यको वित्तीय स्थितिले पूर्ण रुपमा असुल गरेको साँवा रकमको व्याज अशुल्न बाँकी रहेको देखाएको छ। महालेखा परीक्षकको प्रतिवेदनले पदाधिकारीहरुबाटै बैंकमा घोटाला भएको जनाएको छ।

साँवा पूर्ण रुपमा असुलेर पनि व्याज अशुल नगरेको रकम १ अर्ब १३ करोड ९८ लाख रुपैयाँ छ। साँवा रकम अशुलेर व्याज बाँकी राखेर पदाधिकारीहरुलाई बैंकलाई नोक्सानी पुर्याएको प्रतिवेदनले जनाएको छ।

व्याज अशुल्न बाँकी राखेर साँवा शून्य गराउने पदाधिकारीहरुलाई जिम्मेवार बनाई उक्त रकम अशुल्न महालेखाले निर्देशन दिएको छ।

वासलात बाहिरका कारोबारहरुलाई कतिपय शाखाले स्रेस्तामा र सफ्टवेयरमा राखेता पनि अद्यावधिक गरी लेखाङ्कन नगरिएको महालेखाले औंल्याएको छ। यस्ता कारोबारको लेखाङ्कन अद्यावधिक नहुँदा बैङ्कलाई उच्च जोखिम रहनेछ।

अपरिवत्र्य कर्जा प्रतिबद्धताको अनुमान गर्ने संयन्त्र नभएको स्थितिमा अपरिवत्र्य कर्जा प्रतिबद्धताअन्तर्गत संम्भावित दायित्व देखाएको ५ अर्ब ४५ करोड ५७ लाखको यथार्थता यकिन गर्न नसकिएको महालेखाले जनाएको छ।

अन्य दायित्व हिसाबअन्तर्गत बैङ्कले नेपाल सरकारलाई भुक्तानी दिन बाँकी ऋणको ब्याज १५ करोड २५ लाख ३६ हजार विगत वर्षदेखि जिम्मेवारीमा सारिँदै आएको पाइएको छ। महालेखा नियन्त्रक कार्यालयको पत्रानुसार बैङ्कले सरकारलाई ३३ करोड ४८ लाख ९६ हजार भुक्तानी गर्न बाँकी छ।

यो रकम यकीन गरी अविलम्ब भुक्तानी गर्न महालेखाले भनेको छ। बैङ्कबाट स्वेच्छिक अवकाश योजनामा सहभागी हुने कर्मचारीलाई अर्थमन्त्रालयको सहमति भन्दा ९० लाख ३३ हजार वढी भुक्तानी गरेको देखिएको छ। बढी भक्तानी गरेको रकम सम्बन्धित पदाधिकारीबाट असुल गर्न महालेखाले भनेको छ।

 

चर्चामा

सम्बन्धित समाचार