• होमपेज
  • देश
  • खड्काका लागि नेकपा बाजुुराको आर्थिक सहयोग

खड्काका लागि नेकपा बाजुुराको आर्थिक सहयोग

  • शुक्रबार, चैत्र २९, २०७५
खड्काका लागि नेकपा बाजुुराको आर्थिक सहयोग

मदन वि.क
बाजुरा २२ चैत्र
अछामको साँफेबगर नगरपालिका वडा नं १० घुघुरकोटका मृगौला पिडित उद्वव खड्काको उपचारको लागि नेकपा बाजुराले आर्थिक रकम संकलन गरेको छ ।
नेकपा बाजुराले संकलन गरेको १ लाख ५३ हजार ७० रुपैया मृगौला पिडित खड्काको जीवन रक्षाको लागि राष्ट्रिय बाणिज्य बैक न्यूरोड काठमाण्डौ, शाखामा रहेको खाता नं १०९००५०८४८१० मा जम्मा गरेको नेकपा बाजुराका अमर खड्काले बताएका छन् ।
खड्का सदमुकाम मार्तडीमा रहेको मालिका माध्यामिक विद्यालय, मार्तडी–बाजुरामा प्रारम्भिक शिक्षा हाँसिलसँगै तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियुको राजनीतिबाट बाजुरा जिल्लाको पार्टी राजनीतिमा पनि महत्वपूर्ण योगदान पुरयाएको नेकपा बाजुराका नेता भरत थापाले जानकारी दिए ।
वि.स. २०४६ सालको बहुदलिय प्रजातान्त्रिक ब्यवस्था घोषणा र त्यसपछिका पार्टी संगठनमा खेलेको भूमिका अतुलनिय रहेको र बाजुरा जिल्लाको चर्चित काण्ड जगदीश काण्ड (मल काण्ड) मा महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । खड्काले २०४८ सालमा बाजुरा जिल्लाको शिक्षक सेवा आयोगमा भएको अनियमता र निष्पक्ष परिक्षा नभएको भनि जिल्ला शिक्षा कार्यालयमा तालावन्दी र आयोगमा संलग्न दोषीहरुलाई कालोमसो दलेर बजार परिक्रमा गराउने काममा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेकोले खड्काको जीवन रक्षाका लागि नेकपा बाजराले आर्थिक सहयोग गरेको नेता थापाले बताए ।
दुवै मृगौला फेल भई भक्तपुर मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार भईरहेको खबर पाएपछि नेकपा बाजुराले खड्काको उपचार खर्चका लागि जिल्लाका विभिन्न व्यक्तीगत, सरकारी तथा गैरसरकारी कार्यालयबाट आर्थिक रकम संकलन गरेको थियो ।
नेकपा बाजुराले जिल्लामा जनताको जनजिविकाको पक्षमा निरन्तर काम गर्दै आईरहेको नेकपाका नेता तथा दलित अधिकारकर्मी गोरख सार्कीले बताए ।

नेकपा बाजुराले संकलन गरेको रकमकाे (नामावली सहित)No photo description available.

चर्चामा

सम्बन्धित समाचार