• होमपेज
  • बाजुरा बिशेष
  • खान नपुग्दा कुपोषण पुरा बिवरण हेर्नुहाेस्

खान नपुग्दा कुपोषण पुरा बिवरण हेर्नुहाेस्

  • शुक्रबार, चैत्र २९, २०७५
खान नपुग्दा कुपोषण पुरा बिवरण हेर्नुहाेस्

प्रकाश सिंह
बाजुरा, २९ चैत: सेति र कर्णालीअञ्चलमा मा लामो खडेरी पर्न थालेको ५ बर्ष भयो । खाद्यन्नको जोहो गर्नका लागि निकै समस्या बन्दै गएको छ । यहाँका वालवालिका महिलामा धेरै कुपोषण हुनु गरिवी नै मुख्य कारण देखिएको छ । राम्रोसँग विहान वेलुकाको दुई छाक समेत टार्न समस्या भएपछि वालवालिकालाई पोषिलो खाने कुरा खुवाउन थप समस्या भएको छ । बाजुराको हिमाली गाँउपालिका ३ कि समिता रोकाया ४ सन्तान छन् । समिताले भनिन् “बिहान रातै देखि वेलुका अबेर सम्म खेतबारीमा काम गर्न जानु पर्छ । वालवालिकालाई रोटी र वासी भात राखेर घरमै छोड्नु पर्ने बाध्यताले बच्चाहरु कुपोषितकोे अवस्था आएको उनले वताईन् ।”
बाजुरा, बझाङ्ग, हुम्ला, मुगु, कालिकोट जुम्ला लगायतका जिल्लामा गरिवी नै वालावलिकामा कुपोषणले जरा गाडेको पाईएको छ । भौगोलिक रुपमा निकै विकटता सेति र कर्णालीमा खान नपुग्ने र खान पुगेपनि खाना खाने बानीमा सुधार नआए सम्म वालवालिमा लाग्ने कुपोषणले जरा गाडी रहने बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्टाफ नर्स गंगा खत्रिले वताईन् । गाउँको खाना पोषिलो भन्दापनि छाक टार्नका लागि खाने गरेको नर्स खत्रि भन्छन् “सरकारले दिने अनुदानको चामल र सामान्य दाल मात्रै खान्छन् । त्यसमा तरकारी भन्ने कही खादैनन् । त्यही खाना समेत वालवालिकालाई खुवाउने गरेकाले पनि जिल्लामा कुपोषणको दर निकै डरलाग्दो देखिएको हो ।”
लगातारको खडेरीका कारण खाद्य संकट भएपछि बाजुराको हिमाली गाँउपालिका १ बिच्छँयाकी मैना रोकाया एक महिना देखि उनि एक छाक्क मात्र खाना खाएर जिवन बचाउने काम मात्र गरीरहेकी छन् । नजिकै रहेको स्वास्थ्य चौकीमा चेक गर्न जादाँ स्वास्थ्यकर्मीले उनलाई कुपोषण भएको बताइएको सकेको छ । तर उनलाई पोषिलो खानाको सट्टा पेटभरि खान पाँउदैन्, उनमा कुपोषण झन बढदै गएको स्वास्थ्यकर्मीले वताएका छन् ।
उनि जस्तै सोही गाँउकी मना रोकायाले बच्चा पाएको दुई हप्ता भएको छ । उनले पनि पेटभरी खान नपाएको महिना बित्न लागि सक्यो । बच्चा पाएको बेला पोषिलो खाने कुराको साटो उनि नुनको धुलो सँग कहिल्यै भात र कहिले सुख्खा रोटि खाने गरेको वताईन् । खडेरीले अन्नवाली, फलफुल र तरकारी केही उत्पादन नभएपछि एक हप्ता लगाएर बाजुराको कोल्टि खाद्य संस्थान बाट ल्याएको चामल बाट दैनिक एक छाक्क मात्र खाने गरेको वताईन् ।
लगातार खडेरी कारण खाद्य संकटको मार खेप्दै जाँदा गाँउमा रहेका गर्भवति र सुत्केरी महिलाले पेटभरी खान नपाँउदा समस्यामा परेको हुम्लाको मैला स्वास्थ्य चौकीका अहेब देबिलाल सुनारले वताएका छन् । कमजोरीका कारण बच्चा समेत कुपोषित जन्मने र बच्चा पाँउने बेला समेत महिलालाई समस्या हुने गरेको उनले वताए । पेटभरी राम्रो सँगै खान पाईदैन्, पोषिलो खानेकुरा त धेरै टाढा भएको सुनारले वताए ।
गाँउमा गर्भवति र सुत्केरी आमा निकै मारमा परेका छन् । उनिहरु बाट जन्मने बच्चा समेत निकै कमजोर हुने गरेको छ । राम्रो सँग खान नपाएपछि दुध समेत नआउने भएपछि बच्चाले समेत दुध पेटभरी खान नपाउने गरेको स्वास्थ्यकर्मीले वताएका छन् । खालि भातले जिवन काटन र बाच्नका लागि मात्र खाने गरेका छन् । त्यहि पनि प्रयाप्त खान पाँउदैनन निकै समस्यामा रहेको हुम्लाको राया स्वास्थ्य चौकीकी अनमी बेलसरी बुढाले वताईन् । खडेरीको मारको सबै भन्दा असर कुपोषण रहेको स्वास्थ्यकर्मीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार