• होमपेज
  • खेलकुद
  • आईपीएल : चेन्नईद्वारा राजिस्थान पराजित, आईपीएलमा एक सय खेल जिताउने पहिलो कप्तान बने धोनी

आईपीएल : चेन्नईद्वारा राजिस्थान पराजित, आईपीएलमा एक सय खेल जिताउने पहिलो कप्तान बने धोनी

  • शुक्रबार, चैत्र २९, २०७५
आईपीएल : चेन्नईद्वारा राजिस्थान पराजित, आईपीएलमा एक सय खेल जिताउने पहिलो कप्तान बने धोनी

एजेन्सी । विहिवार राती राजिस्थानले घरेलु मैदान जयपुरमा सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले राजिस्थान रोयल्सलाई हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) को २५ औं खेलमा शानदार जित हात पारेको छ । १ सय ५२ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रन बनाउँदै जित हात पारेको हो ।अन्तिम १२ बलमा ३० रन चाहिएको चेन्नईलाई जिताउँन १९ औं ओभरमा जोफ्रा आर्चरले १२ रन मात्र दिएपछि चेन्नईलाई अन्तिम ओभरमा जितको लागि १८ रन चाहिएको थियो ।

Image result for ipl mahendra singh dhoni

रोमाञ्चक अन्तिम ओभरको अन्तिम बलमा जितका लागि ४ रन चाहिएको चेन्नईका लागि एउटा वाइड बल भयो । अर्को बलमा मिचेल सेन्टनरले स्टेटमा छक्का प्रहार गर्दै चेन्नईलाई शानदार जित दिलाएका हुन् ।

चेन्नईको जितमा नायक बनेका कप्तान महेन्द्र सिंह धोनीले ४३ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ५८ रन बनाएर आउट भए । २४(४ को कमजोर अवस्थामा पुगेको चेन्नईका लागि कप्तान महेन्द्रसिंह धोनी र आम्बाती रायडुले पाँचौ विकेटका रुपमा ९५ रनको साझेदारी गरेपछि चेन्नईलाई निकै उर्जा थप्यो । त्यस्तै सेन्टनर १०, रविन्द्र जडेजा ९ रनमा अविजित रहेका थिए। निराशा जनक सुरुवात रहेको चेन्नईको पहिलो ओभरको चौथो बलमै धवन कुलकर्णीले ओपनर शेन वाटशनलाई शुन्यमा बोल्ड आउट गरे । दोस्रो ओभरको पाँचौ बलमा सुरेश रैना ४ रनमा रन आउट हुन पुगे । चौथो ओभरको अन्तिम बलमा जयदेव उनादकटले राहुल त्रिपाठ्ठीबाट फाडु प्लेसिसलाई ७ रनमा क्याच गराए । छैटौं ओभरको पाँचौ बलमा केदार जाधव १ रनमा क्याच आउट भएपछि चेन्नई २४(४ को कमजोर अवस्थामा पुगेको थियो । राजस्थानका लागि बेन स्ट्रोक्सले २, धवन कुलकर्णी, जोफ्रा आर्चर र जयदेव उनादकटले समान एक विकेट लिए ।
रायडुले ४७ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ५७ रनको महत्वपूर्ण योगदान दिएका थिए । उनलाई १८ ओभरको चौथो बलमा श्रेयस गोपालले क्याच आउट गरे ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । राजस्थानका लागि जोफ्रा आर्चर १३ र श्रेयस गोपाल १९ रनमा अविजित रहे । अन्तिम ओभरमा श्रेयस गोपालले समान १ चौका र छक्का साथै जोफ्रा आर्चरले १ चौका प्रहार सहित सार्दुल ठाकुरलाई १८ रन प्रहार गरेपछि राजिस्थानले मध्यम योगफल बनाउन सकेको हो ।बेन स्टोक्सले २६ बलमा १ चौका प्रहार गर्दै २८ रनमा बोल्ड आउट भए ।

जस बटलरले १० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २३, अजिंक्या रहाणे १४, स्टिभ स्मिथ १५, सन्जु स्यामसन ६, रियान पराग १६ र राहुल त्रिपाठ्ठी १० रनमा आउट भए । राजस्थानलाई सस्तैमा रोक्न चेन्नईका रविन्द्र जडेजा,सार्दुल ठाकुर,दिपक चाहरले समान २ तथा मिचेल सेन्टरले १ विकेट हात पारे ।

यो जितसँगै कप्तान महेन्द्र सिंह धोनी आईपीएलमा एक सय खेल जिताउने पहिलो कप्तान बनेका छन् । यो आईपीएल इतिहासको पहिलो किर्तीमान हो ।

चर्चामा

सम्बन्धित समाचार