• होमपेज
  • बाजुरा बिशेष
  • प्रजिअ बरालको भव्य रुपमा विदाई, नयाँ प्रजिअमा न्यौपाने आउँदै

प्रजिअ बरालको भव्य रुपमा विदाई, नयाँ प्रजिअमा न्यौपाने आउँदै

  • बिहिबार, चैत्र २८, २०७५
प्रजिअ बरालको भव्य रुपमा विदाई, नयाँ प्रजिअमा न्यौपाने आउँदै

बडीमालिका खवर
बाजुरा २८ चैत्र
बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालको बाजुराबाट सरुवा भएपछि जिल्लावासीले औपचारिक रुपमा विदाई गरेका छन् । प्रजिअ बरालले करिब एक वर्षको कार्यकालमा बाजुरामा सफलता एवं कर्तव्य निष्ठ रहि कार्यकुशुल्ता पुर्वक सेवाग्राही मैत्रि व्यवहार र जिल्लाको समग्र विकासमा योगदान गरेको भन्दै विहिबार बडीमालिका कर्मचारी मिलन केन्द्रका कर्मचारी, नेकपा बाजुराका नेता तथा कार्यकर्ता र नगरस्तरीय युवा संजालका युवाहरुले मायाको चिनो प्रदान, खादा माला र अविर लगाएर भव्य रुपमा विदाई गरेका छन ।
गृह मन्त्रालयले बाजुराबाट प्रजिअ बरालाई चन्द्रनिगाहपुरमा उपसचिवका रुपमा सरुवा गरेको छ । बाजुराबाट सरुवा भएका प्रजिअ बरालको विदाईपछि ०७६ बैशाख पहिलो हप्ता भित्र नयाँ प्रजिअ गंगाप्रसाद न्यौपानेले जिम्मेवारी सम्हाल्ने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।


प्रजिअ बरालले जिल्लामा प्रजिअको पद सम्हाले देखिनै जिल्लाको प्रशासनीक क्षेत्र, शान्ति सूरक्षा, र प्रशासनले दिने सेवाको सहजता, प्रशाशनिक अनुगमन र जिल्लाका अतिदुर्गम ठाउँमा पुगेर विभिन्न घुम्तीसिविर मार्फत स्थानीयहरुलाई सेवा, जिल्लाका दुर्गम गाउँपालिकामा यातायातको सहज पहुँच बढाउन कर्णाली करिडोर सडक संचालनमा उल्लेख्य भुमिका खेलेका थिए ।
बाजुरामा २०७५ साल बैशाख २१ गते देखि प्रजिअ भएर आएका बरालले आफ्नो एक वर्षे कार्यकालमा जिल्ला बासीहरुका लागि प्रशंसनीय कार्य गरेकोमा जिल्लाबासीले प्रजिअ बराललाई सधै सम्झिरहने विदाई कार्यक्रममा नेकपाका नेता भरत थापाले बताएका छन् ।
प्रजिअ बरालले विदाई कार्यक्रममा आफ्नो एक वर्षे कार्यकालमा गरेका र गर्नुपर्ने कामहरुलाई सम्झीदै निकै भावुक भएका थिए । एकवर्षे कार्यकालपछि विदाई कार्यक्रममा जिल्लाले दिएको माया सद्भाव र कार्य सम्पादनमा गरेको सहयोग जिल्लाका राजनितिक दलको सहानुभुति आफ्नालागि जहाँ गएपनि सदैब स्मणिय रहने र आफ्नो क्षेत्रबाट हुने सहयोग जहाँ रहदा पनि जिल्लाले अनुभुति गर्ने गरी सहयोग गर्ने बचन बद्धता गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार