• होमपेज
  • देश
  • मुख्यमन्त्री शेरधन राई घरजम गर्दै, यस्तो छ तयारी

मुख्यमन्त्री शेरधन राई घरजम गर्दै, यस्तो छ तयारी

  • बिहिबार, चैत्र २८, २०७५
मुख्यमन्त्री शेरधन राई घरजम गर्दै, यस्तो छ तयारी

इटहरी । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले ७६ सालमा घरजम (बिहे) गर्ने बताएका छन् । नतासँग मुख्यमन्त्री कार्यक्रममा मुख्यमन्त्री राईले छिट्टै यसबारेमा सवै कुरा थाहा हुने बताए ।कार्यक्रम मुख्यमन्त्री शेरधन राईसँगको कार्यक्रम जनतासँग मुख्यमन्त्री बैशाख एक गते बिहान प्रदेशका ३० वटा रेडियोबाट प्रसारण हुन्छ ।

एक नम्बर प्रदेशको विकास र समृधीमा आप्mनो पहिलो ध्यान गएको र यसपछि व्यत्तिगत जीवनको बारेमा ध्यान जाने उनको तर्क छ । सानै उमेरदेखि देश र जनताका लागि काम गरेको र यही काममा हिडेकाले अहिले सम्म घरजम नभएको उनले बताए । व्यक्तिगत कामका लागि हिडेको भए पहिला नै घरजम भइसक्थ्यो । देश र जनताको काममा हिडेँकाले घरजम हुन नसकेको उनले बताए । उनले भने –‘व्यत्तिगत कुरा र ऐश आराम तर्फ ध्यान गएन अव चाँही घरजम पनि गर्नु पर्छ भन्नेमा पुगेको छु ।

७६ सालको दोस्रो साता सम्ममा प्रदेशको नाम र राजधानीको टुंगो लाग्छ त्यसपछि मेरो व्यक्तिगत जीवनको बारेमा टुंगो लाग्छ । उनले कोसँग घरजम गर्ने भन्ने तय भइनसकेको बताए । घर परिवारबाट पनि कुरा भइरहेको छ । घरजम गर्ने मानिसको खोजी भइरहेको छ । .२०२७ साल फागुन ११ गते भोजपुरको आमचोक गाउँपालिका–३, थिदिङ्खाको पसलभन्ज्याङ्गमा राई जन्मिएका हुन् । समाजशास्त्रमा एम.ए. सम्मको शिक्षा हासिल गरेका उनी केहि समय अघि प्रेममा परेको हल्ला चलिरहेको छ । तर उनले यसबारेमा भने अस्विकार गरे । २०४४ सालबाट उनी राजनीतिक क्षेत्रमा प्रवेश गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार