• होमपेज
  • बाजुरा बिशेष
  • कवाडी नदिमा बेलिबिज्र पुल बन्दै, जेठसम्म हुम्लामा गाडी पुग्ने

कवाडी नदिमा बेलिबिज्र पुल बन्दै, जेठसम्म हुम्लामा गाडी पुग्ने

  • बिहिबार, चैत्र २८, २०७५
कवाडी नदिमा बेलिबिज्र पुल बन्दै, जेठसम्म हुम्लामा गाडी पुग्ने

प्रकाश सिंह/मदन बिक
बाजुरा, २८ चैत : बाजुरा र हुम्ला जोडने कवाडी नदिमा बेलिबिज्र पुल निर्माण हुन लागेको छ । नेपाली सेनाले निर्माण गर्न लागेको कर्णाली करीडोर सडक अन्तर्गत बेलिबिज्र निर्माण हुन लागेको हो । बैशाख महिनामा काम सम्पन्न हुने गरी बेलिबिज्र पुल निर्माण भइरहेको नेपाली सेनाले वताएको छ ।
कवाडी नदिमा बेलिबिज्रको काम बैशाख सम्म सम्पन्न गरि जेठ महिनामा हुम्ला यातायात पुयाउने लक्ष्य रहेको सेनाले वताएको छ । देशका सबै जिल्लामा यातायातले छोएको भएपनि हुम्ला भने अहिले सम्म सड्क सञ्जाल जोडिएको छैन् । बैशाखमा निमाण कार्य सम्पन्न गरेर जेठमा हुम्लाको केही भाग सम्म गाडि सञ्चालनमा ल्याउने लक्ष्य रहेको कर्णाली करीडोरको तिथि चौर क्याम्पका उप सेनानी शंकर सिलवाले वताएका छन् ।
कवाडी नदिमा बेलिबिज्र बनेपछि हुम्लाको सिमाना कम्तीमा १५ किलोमिटर यातायात सञ्चालनमा आउने सेनाले वताएको छ । काम तिव्र गतिमा भइरहेको छ । असार सम्म त अलि बढि भाग सम्म यातायात चल्न सक्ने उप सेनानी शंकर सिलवालले वताएका छन् । कवाडी नदिमा बेलीबिज्रको काम शुरु भएपछि हुम्ला बासी खुशी भएका छन् । गाडि चढने रहर पुरा हुने भन्दै स्थानिय खुशी भएको हुम्लाको ताजाकोटमैला गाँउपालिका अध्यक्ष बागदल मल्लले वताए । सेनाले सडकको काम तिव्रगतिमा गरीरहेको उनले वताए ।
हुम्लामा यातायात नपुग्दा साता दिन लगाएर बाजुरा, कालिकोट पुगेर गाडि चढनु परेको थियो, भने अर्कोतिर महँगो हवाई भाडा तिर यात्रा गर्नु परदै आएको थियो । गाडि नपुगेकै कारणले हुम्लीबासीले महँगीको मार खेप्दै आएका थिए, बिरामी हुँदा पनि समयमै उपचार पाउन नसकि ज्यान जाने अबस्था रहदै आएको थियो । एक महिनामै हुम्लामा गाडि पुग्ने सम्भाबना भएकाले हुम्ला बासी निकै खुशी भएको हुम्लाका स्थानिय नन्द बहादुर महतराले वताएका छन् ।
नेपाली सेनाले जिम्मा लिएको कर्णाली करीडोर कालिकोटको लालु देखी हुम्लाको सरिसल्ला सम्म १ सय ४५ किलोमिटर रहेको छ । कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाकि हुम्ला जिल्लामा रहेको छ । सेनाले यो सड्कको जिम्मा २०७१ चैत बाट शुरु गरेको थियो । अहिले सम्म १ सय ७ किलोमिटरमा काम भइरहेको छ । जस मध्ये ७२ किलोमिटरमा यातायात सञ्चालनमा आएको उप सेनानी शंकर सिलवाले वताएका छन् ।
चैत ७ गते मा बाजुरा खण्डमा यातायात सेवा सञ्चालनमा ल्याईएको थियो । कर्णाली करीडोर अन्तर्गत बाजुरा खण्ड कालिकोट र बाजुरा सिमाना लैफू देखी बाजुराको लेब्डी सम्म ३१ किलोमिटर सड्क आज सञ्चालनमा आएको छ । सड्क सञ्चालनमा आए सँगै बाजुराका हिमाली, स्वामीकार्तिक, जगन्नाथ गाँउपालिका र बुढिन्नदा नगरपालिका सड्क सञ्जालमा जोडीएका छन् । त्यस्तै कालिकोट र मुगको स्थानियलाइ समेत सहज भएको छ ।

चर्चामा

सम्बन्धित समाचार