• होमपेज
  • बाजुरा बिशेष
  • जनप्रतिनिधि फेरिए जनताकाे जनजीवन फेरिएन

जनप्रतिनिधि फेरिए जनताकाे जनजीवन फेरिएन

  • बिहिबार, चैत्र २८, २०७५
जनप्रतिनिधि फेरिए जनताकाे जनजीवन फेरिएन

बडीमालिका खवर
बाजुरा २८ चैत्र
नयाँ नेपालमा जनप्रतिनिधी फेरीए पनी जनतामा भएकाे निराशा र जनजीवन फेर्न सकिएकाे छैन । २ महिना घरकाे काम धन्दा सकेर काम र मामकाे खाेजीमा भारतका विभिन्न शहरमा चाैकीदारकाे काम खाेज्दै परदेशी जीवन विताउने क्रममा कतिपय बाजुराबासीले भारतमै ज्यान पनि गुमाइृ सकेका छन । हरेक बर्ष झै  यतिबेला बाजुराका युवाहरु भारतमा चौकीदारी गरेर बिसु ( नयाँ बर्ष) मनाउन घर फर्किनेको लर्को लागीरहेको छ । गाउँ ठाउँ आमा बुवा श्रीमती लालाबाला छाेडेर पराइ देश जान कसलाइ रहर हाेला र ?  तर पनी ति सबै कुराहरु भुलेर गाउँमा कुनै रोजगारी नपाउने भएपछी गाउँ छोडेर बाजुरा अछाम, बझाङ लगायतका सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाका युवाहरु भारत बाट घर फर्किन थालेका छन्  । महेन्द्रनगर बाट बाजुरा लागि  छुट्ने बसहरुमा यतीबेला सुदुर पहाडका युवाहरु घर फर्किनेको लर्को लागीरहेको छ । यति बेला नया बर्ष मनाउन र बर्षे बाली लगाउनका लागी महेन्द्रनगरबाट आउने गाडीहरु भारत गएका मान्छेले खचाखच भएर आउने गरेको पाईएको छ ।
यसरी हुल बाँधेर अधिकाशं गाउँका युवाहरु भारततिर रोजगारीका लागि ओइरिन थालेपछि गाउँहरु पुरुष बिहीन बन्दै गएका गाउँ फेरी असार सम्मका लागी भरिन थालेका छन । कतिपय युवाहरु असारको खेती लगाएर भारत चौकिदारी गर्न हिडेका थिय भने कोही दशै र तिहारपछि जान सुरु गरेर मसिंरको अन्तीम सम्म पनी भारत गएका थिए ।
कार्तिकको खेती लगाएर भारतमा जाने केही बर्ष यता बिकासका काम नहुने भएपछी भारत जान लागेको हिमाली गाउँपािलकाका युवाहरुले बताएका छन् ।
कुनै कुनै वडामा त एक जना पनि पुरुष भेटिदैन थिए तर एक हप्ता यता गाउँगाउँमा सबै तिर युवाहरु भेटिन थालेका छन् । रोजगारीका लागि भारतको पुगेका युवाहरु भन्छन् नेपालमा कुनै रोजगारी पाइदैन पाईहाले पनि घरको लागि खर्च नपुग्ने रोजगारी पाईने गरेकोले भारत लगायत खाडी मुलुकमा जानुपरेको सोरु गाउँपालिका मुगुका युवा दलजङ कुमालले बताए ।
जिल्लाका स्थानिय तहले सडक खन्ने काममा डोजर प्रयोग गर्ने भएका कारण युवाहरूले बिदेशीनु बाहेक अरू उपाय नभएको नागरिक समाजका अगुवा महेश शाहीले बताए । उनले भने स्थानिय तहले डोजर प्रयोग नगरी युवाहरूको जिम्मा दिनेहो भने रोजगारीको अबसर पनि पाउने र बिदेश पनि धाउन नपर्ने बताए
यसरी हुल बाँधेर अधिकाशं गाउँका युवाहरु भारततिर रोजगारीका लागि ओइरिनु जिल्ला र देशकै लागी घाटा भएकोले युवाहरुलाई स्वदेशमै थाम्न सरकारले केही रोजगारी दिनुपर्ने बिकास निर्माणमा युवाहरुलाइ नै लगाउनु पर्ने नागरिक अगुवाहरु बताउछन् । आफ्ना लालाबाला छोडेर निराश बन्दै बिदेशीनु बाजुराबासीको रहर नभएर बाध्यता बनिरहेको छ र अर्को तिर सरकारले गाउँमा रोजगारीको ब्यबस्था नगर्दा यस्तो समस्या आएको हो । बाजुरा, अछाम, बझाङ लगायत सुदुरपश्चिमबाट गएकाहरु भारतको बैंङ्लोर, केरला, तामिलनाडु, दिल्ली, उतराञ्चल र उत्तरप्रदेशका विभिन्न ठाउँमा गएर कुल्ली, दरवान, र कृषि मजदुरको रुपमा काम गर्ने गर्दछन । आफ्नै देशमा रोजगारी नपाउँदा पाइहाले पनि न्युन पारिश्रमिकका काम गर्नु पर्नै औषधीमुलो समेत राम्रो नपानईने भएपछि बाजुरा जिल्लाबाट पनि रोजगारीका लागी भारत जानेहरुको संख्या दिनप्रतिदिन बढ्दो छ
नयाँ वर्ष, बिसु तिहारका साथै चैते दशैंसमेत यसै महिना परेकाले नोकरीको सिलसिलामा भारत गएकाहरु एक साताअघिदेखि नै घर फर्किनेको लर्को लाग्ने गरेको छ । विसु पर्व नजिकिदै गर्दा एतिखेर तिहार मनाउन घर फर्किनेहरुको लर्को लाग्ने गरेको छ । बिसु पर्व विषेश गरि सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा मनाइने गरिन्छ । जसमा अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा र बैतडी पर्दछन् । त्यहाका स्थानीय यो पर्व पनि थुमधामका साथ मनाउँने गर्दछन् । यो पर्व बैशाख एक गते मनाउने प्रचलन रहेको छ । विसु पर्वमा मिठा–मिठा खानाका परिकार पकाउने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुहरूले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ । तर, पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै गएको छ । विसुको अवसरमा देउडा खेल खेलेर रमाईलो गर्ने चलन पनि रहेको छ । बिसु तिहारमा महिलाहरूले पुतला नाच खेल्ने र पुरुषहरूले बिसु बाघ बनाएर दौडाउने गर्छन् । हिन्दू सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरिन्छ । यतिखेर बाजुराको मार्तडी, गौमुल कोल्टी, पाण्डुसैन स्वामिकार्तिक, हिमाली, विछ्या, कोल्टी, साप्पाटा लगायत क्षेत्रका बासिन्दा विसु मनाउँन भारत गएकाहरु  गाउँ घर फर्किरहेका छन् । आफ्नै देशमा रोजगारी नपाउँदा पाइहाले पनि न्युन पारिश्रमिकका काम गर्नु पर्नै औषधी मुलो समेत राम्रो नपानईने भएपछि बाजुरा जिल्लाबाट पनि रोजगारीका लागी भारत जानेहरुको संख्या दिनप्रतिदिन बढ्दो छ  ।

चर्चामा

सम्बन्धित समाचार