
भरतपुर महानगरपालिका—४ लंकूमा सञ्चालनमा आएको जेम्स वर्ल्ड फनपार्कको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज समुद्घाटन गर्ने भएका छन् । चितवनको लोकप्रिय भेटघाट ग्रुपद्धारा प्रवद्र्धित करोडौं लगानीको अत्याधुनिक फनपार्कको आज बिहान ८ बजे प्रचण्डले प्रमुख अतिथिको रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

उद्घाटन कार्यक्रमका लागि चितवनका झण्डै एक हजार जना विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिएको फनपार्कका अध्यक्ष तिवारीले जानकारी दिए ।
यही वैशाख १ गतेबाट नयाँ वर्षको उपलक्ष्यमा वृहत् सुरुवात गरिने पार्कमा एक महिनासम्म सर्वसाधारणले २५ प्रतिशत छुट पाउने पार्कका प्रवन्ध निर्देशक ईश्वरविकल सापकोटाले बताए । उनले मनोरञ्जन मात्र नभएर पार्कलाई बालबालिकाहरुको ज्ञानको केन्द्रको रुपमा विकास गरिएको बताउदै उनि भन्छन जेम्स वल्र्ड फनपार्क बालबालिकालाई केही जान्ने र बुझ्ने सिकाइको थलो पनि बनाइएको छ ।
प्रवन्ध निर्देशक सापकोटाले नेपालकै ठूलो यस जेम्स वल्र्ड फनपार्कमाआउने हरेक ग्राहकले विश्वका विकसित देशमा रहेका फनपार्कको जस्तै आनन्द लिन सक्ने जानकारी दिए । फनपार्कभित्र ३०० वटा मोटरसाइकल र २०० वटा गाडी पार्किङ गर्ने गरी पार्किङ सुविधा उपलब्ध छ । बुटवल अनलाइनबाट
