शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम प्रदेशमा छ महिनादेखि बस्नै सकेन नेकपा संसदीय दलको बैठक

सुदूरपश्चिम प्रदेशमा छ महिनादेखि बस्नै सकेन नेकपा संसदीय दलको बैठक

  • बिहिबार, चैत्र २८, २०७५
सुदूरपश्चिम प्रदेशमा छ महिनादेखि बस्नै सकेन नेकपा संसदीय दलको बैठक

धनगढी : सुदूरपश्चिम प्रदेशमा छ महिनादेखि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा संसदीय दलको बैठक बस्न सकेको छैन। सुदूरपश्चिम प्रदेशको नाम र स्थायी राजधानी निर्धारण गर्नु पूर्व संसदीय दलको बैठक गएको असोजमा धनगढीको एक होटेलमा बसेको थियो। पछिल्लो बैठक बसेको छ महिनासम्म अर्को बैठक बस्न सकेको छैन।

कार्य व्यस्तता र विषय अभावले बैठक बस्न नसकेको नेकपाका नेताहरूले बताएका छन्। ‘सबै सांसहरुको उपस्थिति र सरकारको कार्यब्यस्तताले बैठक ढिलाइ भएको हो’ नेकपाका प्रमुख सचेतक तारालामा तामाङको भने ‘अब केही समय भित्रै बैठक बस्छौँ।’ औपचारिक रूपमा नभए पनि अनौपचारिक रूपमा धेरै पटक छलफल भएको उनले बताए।

प्रमुख सचेतक तामाङले भने, ‘समय समयमा बस्नु त राम्रो हो तर बस्न पाइएको छैन, तर पनि हामीले छलफल भने गरिरहेका छौँ।’ संसदीय दलको बैठक बस्न नसक्दा सत्तारुढ दलकै सांसदहरूले सुझाव र आलोचना राख्ने स्थान प्रदेशसभालाई बनाएको बताएका छन्।

एक जना सांसदले भने, ‘हामीले सरकारको आलोचना र प्रशंसा संसदीय दलको बैठकमा राख्नु पर्ने हो तर बैठक नबसेको छ महिना भयो। अहिले प्रदेशसभामा दलको कार्यशैलीका विषयमा पनि बोलिरहेका छौँ।’

सांसदलाई व्यवस्थित र सरकारलाई सुद्धृढ गराउन समय समयमा संसदीय दलको बैठक अनिवार्य मानिन्छ तर सत्तारुढ दलकै बैठक बस्न नसकेको छ महिना बितेको छ। पार्टी एकतापछि २ पटक मात्रै दलको बैठक बसेको सत्तारुढ दल नेकपाका सचेतक अक्कल रावलले बताए। स्थान उपयुक्त नभएका कारण पनि बैठक प्रभावित भएको उनी बताउँछन्।

‘हामीलाई उपलब्ध गराइएको ठाउँ सानो भयो। हामी त्यहाँ अटाउँदैनौ त्यसैले पनि बैठक बस्न ढिलाइ भइरहेको हो’ उनले भने ‘हामी बैठक नै नगरेपछि छलफल चाहिँ चलाइ रहन्छौँ।’

कार्यायल नै अस्तव्यस्तप्रदेशसभा र प्रदेश सरकार गठनको एक वर्ष बितिसक्दा पनि संसदीय दलका कार्यालयहरू व्यवस्थित हुन सकेका छैनन्। संसदीय दलका कार्यालयहरू व्यवस्थित हुन नसक्दा संसदीय दलको बैठक पार्टी कार्यालय, होटेल र कोठामा आह्वान हुने गरेको छ। रेडीयाे मितेरीबाट

चर्चामा

सम्बन्धित समाचार