• होमपेज
  • अर्थ/वाणिज्य
  • वैशाख १ गतेदेखि खाता खोल्दा बैंकले नै १०० रुपैयाँ जम्मा गरिदिने, सबैको बैंक खाता अभियान

वैशाख १ गतेदेखि खाता खोल्दा बैंकले नै १०० रुपैयाँ जम्मा गरिदिने, सबैको बैंक खाता अभियान

  • बुधबार, चैत्र २७, २०७५
वैशाख १ गतेदेखि खाता खोल्दा बैंकले नै १०० रुपैयाँ जम्मा गरिदिने, सबैको बैंक खाता अभियान
काठमाडौं : सबै नेपालीको बैंक खाता अभियान वैशाख १ गतेबाट सुरु हुने भएको छ । चालु बर्षको बजेटमा उल्लेख भएको कार्यक्रमलाई कार्यन्वयन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०७५ मा यो व्यवस्था थप गरी बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको हो ।
यस व्यवस्था अनुसार खाता खोलेका सेवाग्राहीले वार्षिक अधिकतम १ लाखसम्म कारोबार गर्दा परिचयपत्र आवश्यक पर्नेछैन । तर १ लाख भन्दा बढी रकम कारोबार गर्नुपरेमा ग्राहक पहिचान पुष्टि हुने कागजपत्र पेश गर्नुपर्नेछ । नागरिकता, राहदानी वा सवारी चालक अनुमतिपत्र लगायतका सरकारले प्रमाणित गरेको परिचयपत्र बुझाउनुपर्छ ।
सरकारले चालु बर्षको बजेटमा सबै नेपालीको बैंक खाता खोल्ने योजना सार्वजनिक गरेको थियो । त्यसअघि नै नेपाल राष्ट्र बैंकले सबै नेपालीको बैंक खाता खोल्ने अभियान चलाउने घोषणा गरेको थियो । सोही अनुसार खाता खोल्ने कार्यमा पनि सरलीकरण गरिएको छ ।
यसअघि कुनै पनि बैंक खाता नभएकाहरुले सरलीकृत पद्धति अनुसार खाता खोल्न पाउनेछन् । यसरी खोलिएको खातामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रोत्साहन स्वरुप १ सय रुपैयाँ सोही खातामा जम्मा गर्न सक्नेछन् ।
 शनिबार पनि बैंक खुला रहने  आगामी शनिबार (चैत ३० गते) बैंक तथा वित्तीय संस्थालाई नियमित रुपमा नै कार्यालय खुला गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । राजस्व संकलनका लागि शनिबार बैंक तथा वित्तीय संस्था खुला गर्न भनिएको हो ।

चर्चामा

सम्बन्धित समाचार