समाचार प्रभाव

  • बुधबार, चैत्र २७, २०७५
समाचार प्रभाव

पदम सिंह
बाजुरा २७ चैत्र : हिमाली गाउपालिका ४ निबासी शान्त लुहारकी श्रीमती बच्ची लुहारको गएको साउन महिनामा मुटु र फोक्सोको विरामी भएर उपचार गर्न नसकेर मृत्यू भयो । शान्त लुहार पनि फोक्सोको विरामी भएर उपचार गर्ने पैशा नपाएर मृत्यूसैग लडिरहेका छ उनका पाँच जना छोरा छोरीको बिचल्ली भएको हो ।
बडीमालिका खवर कर्मीले रिपोटिङ्गको क्रममा शान्त लुहारको परिवारको समाचार प्रकाशन पछि भक्तपूरको चाँगुनारायण निवासी हाल क्यानडामा बस्दै आएका दिनेश ढुङ्गानाको परिवारले बालबालिकाको पढाई र शान्त लुहारको उपचारमा सहयोगको लागि ७९ हजार ६ साय ३० रुपैया सहयोग गरेको छ । बाजुराको कोल्टिमा उपचारमा आएका शान्त लुहारलाई उपचार सम्भव नभएपछि अछामको बयालपाटा अस्पताल रिफर गरेको थियो । रिफर पछि बयालपाटा पुग्न गाडी भाडा समेत नपाएका पछि मत्यूसंग लडेर घर जाने समयको बडीमालिका खवर डट कम र अन्नपूर्ण पोष्टमा समाचार प्रकाशन पछि अमीत ढुङ्गाना, पत्रकार एकेन्द्र कुवर, काठमाण्डौँका ब्यापारी दयाराम अग्रवाल, सामाजिक अभियान्ता मेनुका गुरुङ, महेन्द्र दासले ५÷५ हजार र डा. ज्ञानु खड्काले २ हजार पाच सय सहयोग गरेका थिए । समाचार आएकै कारण हिमाली गाउपालिकाले उपचारमा संलग्न रिर्पाेटको आधारमा वीस हजार सहयोग गर्ने प्रतिबद्धता समेत गरेको हिमाली गाउपालिकाका अध्यक्ष गोबिन्द मल्लले बताएका छन् ।
दिनेश ढुङ्गानाको परिवारले पठाएको सहयोग रकम एक कार्यक्रममा विच बडिमालिका नगरपालिकाका नगरप्रमुखको प्रमुख अथित्यतामा शान्त लुहारलाई हस्तान्त्रण गरिएको छ । विरामीको बयालपाटा अस्पतालमा उपचार सम्भव नभएपछि बाहिर जान पैशा नभएर घर फर्केका लुहार सहयोग रकम पाएपछि काठमाण्डाैँमा उपचारको लागी गएका छन् ।
बाबुको उपचार हुने नहुने नावालक बच्चाहरुलाई अत्तो पत्तो छैन । पाँच बाईबहिनी गाँउलेको सहारामा गाउमा विचल्ली अवस्थामा छिमेकीहरुले बताएका छन् । विच्ली हुनेमा १४ बर्षकी कल्पना लुवार, १३ बर्षकी पुष्पा लुवार, ९ बर्षका प्रबिन्द्र लुवार, ७ बर्षका सुमना लुवार र २ बर्षिय अप्सरा लुवार रहेको स्थानिय कर्ण बुढाले वताएका छन् । बुवा लामो समय देखी बिरामी हुनुहुन्छ, आमाको मृत्यु भइसकेको छ, आफुहरु न खान घरमा अन्न छ न लगाउने लुगाकपडा छ, सवै भाई बहिनाहरु हर गाउलेको साहारा र काम गरेर जेनतेन बाँचिरहेका छु पुष्पा लुवारले वताएईन । आमाको आर्थिक अभावमा उपचार हुन नसकी गएको साउनमा मृत्युु भएको थियो । बुवाको अछामको बयलपाटा अस्पतालमा उपचार नहुने खवर आएको छ । अन्य ठाँउ लिनको लागी पैशा छैन, विराम ठीक हुने नहुने केही खवर छैन पुष्पाले भक्कानीदै बताईन ।
शान्तका दुई छोरी अम्बु लुवार र सम्झना लुवारले बिहे गरेर गइसकेकी छन् । कल्पना ९ कक्षामा आफ्नो दिदिको घर बसेर जनप्रकाश उच्च माध्यामिक विद्यालय कोल्टिमा र पुष्पा कक्षा ६, प्रबिन्द्र कक्षा ३, सुमना कक्षा १ मा खोलीडाँडा आधारभूक्त बिद्यालय पाडीमा अध्यानरत रहेका छन् । विद्यालय भर्ना भएका छन् तर घरमा समस्या भन्दै स्कुल नियमित उपस्थिति नहुने गरेको विद्यालयकी शिक्षिका विमला ओलीले बताईन् । नियमति स्कुल आउने भए पढाईमा सवैको राम्रो थियो नियमित आउदैनन ओलीले बताईन । कान्छि अप्सरा भने २ बर्षको मात्र भएकी छन् । बिद्यालयमा भर्ना भएपनि कापी कलम र कपडा नभएपछि नियिमित बिद्यालय जान नसकेको कल्पनाले वताईन् । आफु दिदिको घर बसेर पढ्थ्ये बाबु विरामी भएपछि भाई बहिनीको हेरचाह गर्ने कोही नभएपछि स्कुल छोडेर घर आएको कल्पनाले बताईन् । घरमा बुबा विरामी भएपछि तनाव भएर परिक्षा पनि राम्रो भएको छैन । कल्पनाले भक्कानीदै अन्नपूर्ण पोष्टलाई बताईन ।
बुवाले अरुको काम गरेर पाल्ने गरेका थिए, दिदि कल्पनाले पनि गाँउले काम गरेर हामीलाई पाल्ने गरेकी थिईन्, बुवा बिरामी भएपछि निकै समस्या भएको प्रबिन्द्रले वताएका छन् । घरपनि खरले छाएको छाप्रो छ, अरु जग्गा जमिन कुनै छैन्, अरुका काम गरेर र मागेर खाने गरेको स्थानिय रमिला रावलले वताएकी छन् । गाँउले दिएको खाने गर्छन्, कसैले दिएको लुगाफाटो लगाउने गरेको उनले वताईन् । शान्त लुवार अरुको हलो जोतेर परिवार धान्नुपर्ने बाध्याता रहीआएको छ । अभिभावक नै बिरामी भएपछि शान्तका पाँच जना छोरा छोरी बिच्चलीमा परेका हुन् ।
शान्तको परिवार आर्थिक अभाबमा निकै कमजोर रहेको छ अहिले शान्तलाई ज्वाई नाता पर्नेले उपचार गराई रहेका छन् । आफुसंग भएको पहिले नै औषधि किन्दा गाडी भाडा आँउदा जादा सकीयो काठमाण्डौँ बयालपाटा अस्पतालले काठमाण्डौँ रिफर गरेको ग¥यो । पैशा कति लाग्ने हो विराम ठीन हुने हो हैन आर्थिकको निक्कै समया भएको शान्त लुहारको ज्वाईले बताए ।

चर्चामा

सम्बन्धित समाचार