• होमपेज
  • समाचार
  • ३५० स्थानीय तहमा लेखा कर्मचारी अभाव

३५० स्थानीय तहमा लेखा कर्मचारी अभाव

  • बुधबार, चैत्र २७, २०७५
३५० स्थानीय तहमा लेखा कर्मचारी अभाव

काठमाडौं : लेखासँग सम्बन्धित कर्मचारी अभाव हुँदा देशभरका झन्डै आधार स्थानीय तहको काम प्रभावित भएको छ। कर्मचारी समायोजन प्रक्रियापछि पहिले केन्द्रबाट खटिएका लेखा कर्मचारी अभाव भएको उपमहालेखानियन्त्रक तथा कर्मचारी प्रशासन शाखाका प्रमुख सुवासचन्द्र सिवाकोटीले बताउनुभयो ।

शिवाकोटीका अनुसार अहिले करिब ३५० स्थानीय तहमा लेखा प्रशासनसँग सम्बन्धित कर्मचारी अभाव छ। करिब ५० गाउँपालिकामा लेखासँग सम्बन्धित कामकाज नै लगभग ठप्प रहेको समाचार नयाँ पत्रिका दैनिकमा छ। चालू आर्थिक वर्षको अन्तिम चौमासिक चलिरहेको छ।

यो समय सरकारले गरेका कामको भुक्तानी हुने समय हो। त्यो हुँदा अहिले सबै तहका सरकारमा रकम भुक्तानीको चाप छ। स्थानीय तहमा भएको कामको अनुगमन, मूल्यांकन र त्यसपछि हुने भुक्तानी नै कर्मचारी अभावले प्रभावित भएको गाउँपालिकाहरुको गुनासो गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार