• होमपेज
  • अर्थ/वाणिज्य
  • अन्ततः कुलमान घिसिङले यसरी पर्दाफास गरिदिए देशमा लोडसेडिङ गराउन खोज्ने ति व्यक्तिलाई, कुलमानले मागे जनताको साथ

अन्ततः कुलमान घिसिङले यसरी पर्दाफास गरिदिए देशमा लोडसेडिङ गराउन खोज्ने ति व्यक्तिलाई, कुलमानले मागे जनताको साथ

  • बुधबार, चैत्र २७, २०७५
अन्ततः कुलमान घिसिङले यसरी पर्दाफास गरिदिए देशमा लोडसेडिङ गराउन खोज्ने ति व्यक्तिलाई, कुलमानले मागे जनताको साथ

काठमाडौं । सोमबार एकाएक पत्रकार सम्मेलन गरेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कड्किए, ‘हिजो जो मान्छे लोडसेडिङका कारक थिए, आज तिनै मान्छेहरु सलबलाइरहेका छन् ।’
विद्युत प्राधिकरण र यसको नेतृत्वबारे अनर्गल प्रचार गरेको भन्दै उनले यसमा प्राधिकरणकै क–कसको सहभागिता छ भन्ने खोजी भइरहेको समेत बताए । कहिल्यै रुखो नबोल्ने घिसिङ रिसाएको देखेपछि धेरैको चासो छ, कुलमान किन रिसाए ? उनको इशारा को तिर छ ? को रहेछ फेरि लोडसेडिङ गर्न खोज्ने ?’
लोडसेडिङ गराउनेहरु फेरि सल्बलाए : कुलमान घिसिङ
स्रोत भन्छ, कुलमानको आक्रोश प्राधिकरणको आधिकारिक ट्रेड युनियन अध्यक्ष जनार्दन भट्टराईविरुद्ध हो ।’ भट्टराईले पछिल्लो समयमा विद्युत प्राधिरकणलाई घाटामा लैजाने खेल भएको भन्दै वक्तव्यबाजी गरेका थिए । कांग्रेसम्वद्ध भट्टराई आधिकारिक ट्रेड युनियनका अध्यक्ष भएपछि प्राधिकरणभित्र उनले खास जिम्मेवारी लिएका छैनन् । पाँचौं तहका कर्मचारी भट्टराई दुईपटक आधिकारिक ट्रेड युनियनमा निर्वाचित भइसके ।
दुई वर्षअघि कर्मचारीमा सुरुवा गर्दा उनकै नेतृत्वमा आन्दोलनका प्रास भएको थियो । घिसिङ प्राधिकरणको नेतृत्वमा आउनसाथ एउटै कर्मचारी वर्षौंसम्म एउटै ठाउँमा बस्दा अनियमितता हुनसक्ने भन्दै २५ वर्षदेखि रोकिएको सरुवा गरिएको थियो । तर, भट्टराईको अगुवाईमा आन्दोलनको प्रयास भयो ।

उनै भट्टराईले अहिले डेडिकेटेड फिडर लिएका उद्योगी व्यवसायीलाई महशुल छुट दिने लबिङमा लागेका छन् ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले कसैको नाम त लिएनन ्तर, विगतमा लाडसेडिङ गरेका पूर्वकार्यकारी निर्देशक (मुकेशकुमार काफ्ले) बाट परिचालित भएका प्राधिकरणका कर्मचारीबाट गलत ढंगबाट प्राधिकरणको नेतृत्वलाई बदनाम गराउने गरी अनर्गल प्रचार भइरहेको दाबी पेश गरे ।

छलफल नै नभएका विषयलाई भ्रमपूर्ण तवरबाट दुष्प्रचार गरिएको भन्दै घिसिङ रुष्ट देखिएका छन् ।
भट्टराईले हालै मात्र एक टेलिभिजन अन्तरवार्तामा प्राधिकरण नेतृत्वको आलोचना गरेका थिए । सरकारबाट अनुदान लिएर प्राधिकरण सञ्चालन भइरहेको र उठाउन बाँकी विजुली महशुल पनि नाफामा देखाएको उनको दाबी थियो । प्राधिकरणको सञ्चालक समितिमा घिसिङले डेडिकेटेड फिडरको महशुल नतिर्नुपर्ने गरी प्रस्ताव ल्याएको र आफूले त्यसको विरोध गरेको भट्टराईको दाबी छ ।

‘विगतमा पनि डेडिकेटेड फिडरको महशुल घटाउन प्रस्ताव आउँदा मैले विरोध गरेपछि ब्याक भएको थियो,’ उनले भने, ‘कुनै व्यक्तिलाई फाइदा पुग्ने र देशलाई घाटा हुने गरी प्राधिकरणभत्र कुनै निर्णय हुन नदिन युनियन लागेको छ ।’
विद्यतु प्राधिकरणमा अहिले कानूनभन्दा व्यक्ति हावी भएको, हुकुमी शैलीमा चलेको, नाफामा नरहेको भन्दै प्राधिरकण ‘कोल्याप्स’ हुने भविश्यवाणी समेत गरेका छन् ।

प्राधिरकणले आफैंले आयोजना नबनाएर कम्पनी मोडमा लैजाँदै गर्दा कानून मिचिएको उनको आरोप छ ।
भट्टराईले कर्मचरी सरुवा नगरी आधिकारिक ट्रेड युनियनको चुनाव गर्न नहुने अडान पनि राखेका छन् । प्राधिरकणले यसअघि फागुन १८ गते चुनावको मिति घोषणा गरेको थियो तर, विभिन्न बाहनामा युनियनले चुनाव सारेको थियो ।

कार्यकारी निर्देशक घिसिङले भने तोकिएको मितिमा चुनाव नगरेकाले हाल विद्युत प्राधिरकणभित्र आधिकारिक ट्रेड युनियन नै नभएको दाबी गर्छन् ।
भट्टराई त्यसलाई मान्न तयार छैनन् । ‘फागुन १८ मा चुनाव नभएपछि प्राधिकरण व्यवस्थापन, हामी युनियन र प्राधिकरणका विभिन्न कर्मचारी संगठनबीच यसैलाई आधिकारिक मान्ने सहमति भएको छ,’ भट्टराईले अनलाइनखबरसँग भने, ‘प्राधिकरण व्यवस्थापनले हामीलाई आधिकारिक हैनौं भनेर अहिलेसम्म पत्र दिएको छैन ।’
लोडसेडिङ गर्ने पूर्वकार्यकारी निर्देशकसँग मिलेर प्राधिकरण कमजोर बनाउन लागेको आरोप कार्यकारी निर्देशक घिसिङले लगाउनुभएको छ नि भन्ने प्रश्नमा भट्टराईले भने, ‘आज बैठक बसेर यसबारे हाम्रो धारणा सार्वजनिक गर्छौं ।’

चर्चामा

सम्बन्धित समाचार