• होमपेज
  • समाज
  • डडेलधुरामा ब्रेक फेल भएर बस पल्टिँदा २६ जना घाइते, १ काे अवस्था गम्भीर

डडेलधुरामा ब्रेक फेल भएर बस पल्टिँदा २६ जना घाइते, १ काे अवस्था गम्भीर

  • बुधबार, चैत्र २७, २०७५
डडेलधुरामा ब्रेक फेल भएर बस पल्टिँदा २६ जना घाइते, १ काे अवस्था गम्भीर

डडेलधुरा- डडेलधुराकाे अमरगढी नगरपालिका–११, धनगाड नजिकमा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। एक जनाकाे अवस्था गम्भीर रहेकाे छ।

धनगढीबाट अछामका लागि छुटेको ना४ख ६८३६ नम्बरको बस केआई सिंह राजमार्गमा पर्ने धनगाड भन्ने स्थानमा राति करिब २ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

बस ब्रेक फेल भएर सडकमै पल्टेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। घाइते २४ जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते एक जनालाई धनगढी रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ।

दुर्घटनामा घाइते हुनेहरु अधिंकास अछामका रहेको बुझिएकाे छ। बसमा ४५ जनाभन्दा बढी सवार रहेका बताइएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।

चर्चामा

सम्बन्धित समाचार