• होमपेज
  • धार्मिक
  • आज बुधबारकाे राशिफल हेर्नुहाेस कसकाे भाग्यमा के लेखीएकाे छ ।

आज बुधबारकाे राशिफल हेर्नुहाेस कसकाे भाग्यमा के लेखीएकाे छ ।

  • बुधबार, चैत्र २७, २०७५
आज बुधबारकाे राशिफल हेर्नुहाेस कसकाे भाग्यमा के लेखीएकाे छ ।
वि.सं.२०७५ साल चैत्र २७ गते । बुधबार । ईश्वी सन् २०१९ अप्रिल १० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्ल पक्ष । तिथि पंचमी,२० घडी २९ पला,दिउँसो ०१ बजेर ५९ मिनेट उप्रान्त षष्ठी । नक्षत्र रोहिणी,०८ घडी ५० पला,बिहान ०९ बजेर २० मिनेट उप्रान्त मृगशिरा । योग सौभाग्य,२६ घडि ११ पला,बेलुकी ०४ बजेर १६ मिनेट उप्रान्त शोभन । करण बालव,दिउसो ०१ बजेर ५९ मिनेट उप्रान्त कौलव,रातको ०१ बजेर १९ मिनेट उप्रान्त तैतिल ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बन्द व्यापारमा सुधारका संकेतहरु देखा पर्नेछन् भने नया प्रकृतिको योजना फुर्नेछ । आर्थिक अवस्था राम्रै रहने हुनाले कामहरु समयमा नै सम्पन्न गर्न सकिनेछ । ईष्ट मित्र तथा आफ्ना भन्नेहरुले सहयोग गर्नेछन् भने कुटुम्बसँगको सम्बन्ध राम्रो रहनेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ता हरु पुरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरि समय व्यातित गर्न सकिनेछ । पढाईमा प्रगति हुँने तथा नतिजा तपाई आफ्नै पोल्टोमा पर्नेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यमा समस्या आउँने तथा औषधि उपचार खर्च बढेर जानेछ । शरिरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ भने मनोबल कमजोर हुँनाले बाहिरि तत्वहरुले प्रलोभन देखाएर फसाउँन सक्छन् ध्यान दिनुहोला । आफन्त तथा अग्रजहरुको सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । पढाई लेखाई तपाई आफ्नै कारणले कमजोर रहनेछ । लामो दुरिको बिदेश यात्राको योग रहेकोछ भने बिदेशमा उत्पादिन सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आर्थिक रुपमा सवल हुँनका लागि थालिएका कामहरुबाट मनग्गे लाभ हुँनेछ । पैत्रिक तथा सरकारि धन सम्पति लाभ हुँने योग रहेकोछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्तहरु सँगको सम्बन्धमा प्रगाडता थपिनेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) निर्णायक तहमा पुगिने तथा निर्णय क्षमतामा बृद्धि हुँनेछ । तपाईको कार्य शैलि सबैले मन पराउँने हुँदा समाजमा नाम तथा दाम दुवै कमाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानि गर्ने बाताबरण बन्नेछ । ईष्टमित्र,आफन्तहरुका साथ जम्घट भई मिठो मसिनो स्वादिष्ट भोजनमा साथ रमाउँन सकिनेछ । नयाँ काम पाउँने प्रवल सम्भावना रहेकोछ भने नोकरिमा बढुवा हुँनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक काममा सम्मानजनक उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । लामो दरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि कमाईभने न्यून हुँनेछ । घर परिवारमा आफन्त तथा चेलि माईति बिच मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । नयाँ योजना कुनै बनाउँनु भएको भए तत्काल सार्वजनिक नगर्नुनै बेश हुँनेछ । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँदा खानपान तथा बाहिरि वाताबरणको ख्याल गर्नुहोला । माया प्रेममा धोका हुन सक्छ सजक रहनुहोला  बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  व्यावसायमा मनमुटाब सिर्जना भई साझेदारहरु बिच फाटो हुँन सक्छ ध्यान दिनुहोला । व्यावसायिक यात्रा हुँने भएपनि गन्तब्यमा पुग्नु अगिनै बिभिन्न कारणले यात्रा स्थगित गर्नुपर्ने हुँन सक्छ । आफन्त तथा परिवारमा कामको तालमेल नमिल्दा मनमुटाव हुँनेछ भने कस्ले के गर्ने भन्ने बिवाद सिर्जना हुँनेछ । खानपान तथा बाताबरणको ध्यान नदिय स्वास्थ्य सम्बन्धि समस्याले सताउँने देखिन्छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अदालत तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न रहनेछ । सत्रु परास्त हुँने तथा पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ । व्यापार व्यापार फस्टाएर जाने हुँनाले भने जस्तो आम्दानि गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरु भन्दा एक कदम अगाडि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टाएर जानेछ भने अध्ययनमा प्रगति हुँनुका साथै आफ्नो ज्ञान प्रयोग गरि नयाँ काम गर्न सकिनेछ । क्षमता प्रयोग गरि स्वरोजगार बन्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्ध पुनह रुचारु हुँने अधिक सम्भावना रहेकोछ । आय आर्जनका नयाँ स्रोत थपिनेछन् भने पनग्गे धन संग्रह गर्न सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा रमाउँने समय रहेको तथा बंश बृद्धिको योग रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार, आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रतिश्पर्धिको मनोबल गिराउँदै उपलब्धि हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ ।
तपाईको दिन शुभ रहोस्  ।

चर्चामा

सम्बन्धित समाचार