शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • निकै दुखद खबर : दर्जन यात्रु बोकेको जीप भेरी नदीमा खस्यो

निकै दुखद खबर : दर्जन यात्रु बोकेको जीप भेरी नदीमा खस्यो

  • मङ्लबार, चैत्र २६, २०७५
निकै दुखद खबर : दर्जन यात्रु बोकेको जीप भेरी नदीमा खस्यो

जाजरकोट- नलगाड नगरपालिकाको तल्लुबाट दल्लीतर्फ आइरहेको ग १ ज ५८१२ नम्बरको जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । जाजरकोट – डोल्पा सडक खण्डअन्तर्गत नलगाड – ९ दारिमपाटामा आज अपराह्न दुर्घटना हुँदा जीप भेरी नदीमा खसेको थियो ।घाइते सबैलाई उपचारका लागि रुकुमको आठबीसकोट नगरपालिकाको राडीस्थित मेडिकल क्लिनिकमा ल्याइएको छ । घाइतेमध्ये तीन जना गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । तीव्र गतिमा भएका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सो सडक खण्डमा पुराना जीप चल्ने गरेका छन् ।प्रेम सुनाबुटवल। मंगलवार बिहान अर्घाखाँचीको डिभर्नामा एउटी १२ वर्षीया बालिकाको रोदन र चित्कारले सिङ्गो गाउँ थप पीडामा परेको छ । मम्मी.. मम्मी, भाई ..भाई .. भन्दै रोइरहेकी छन् सन्धिखर्क नगरपालिका–१२ डिभर्नाकी १२ वर्षीया बालिका पूर्णिमा श्रेष्ठ ।उनलाई आफन्तले सम्हाल्न सकेका छैनन् । उनका अगाडि ३० वर्षीया आमा विष्णुमाया श्रेष्ठ र उनका भाई ३ वर्षीय पिन्स श्रेष्ठको शव राखिएको छ । उनका बावु मधु श्रेष्ठ घर छैनन् । बैदेशिक रोजगारका लागि डेढ बर्षअघि मलेशिया पुगेका श्रेष्ठ उतै सन्तान र

श्रीमतीको वियोगको पीडाले छट्पटिएका छन् ।सोमबार अर्घाखाँचीको नुवाकोट लात्तेबाजामा भएको जिप दुर्घटनामा आमाछोराले ज्यान गुमाएपछि उक्त परिवारमा यस्तो वियोग निम्तिएको हो । सोमबार दिउँसो पौने दुई बजेको समयमा सन्धिखर्कबाट प्युठानको बरौलाका लागि छुटेको लु १ ज १२२९ नम्बरको जीप डिभर्ना–८ को नुवाकोट लात्तेबाजामा दुर्घटना हुँदा श्रेष्ठका ३ वर्षीय छोरा प्रिन्ससहित ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।गएराती भैरहवमा मेडिकल कलेजमा मृतक बालक प्रिन्सकी आमाको पनि उपचारका क्रममा मृत्यु भएको छ । उनको निधनसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । अन्य मृतकहरुमा प्युठानको ऐरावती गाउँपालिकी १४ वर्षीया मेनिका आचार्य र सोही स्थानका ५२ वर्षीय धनबहादुर राना रहेका छन् ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक गम्भीरजङ्ग थापाका अनुसार जीप चालक श्यामबहादुर घर्तीसहित १९ जना सवार थिए । सो दुर्घटनामा १६ जना घाइते भएका थिए । दुर्घटनामा घाइते भएका जीवन राना भने सन्धिखर्कस्थित मेडिकल
कलेजबाट डिस्चार्ज भएका छन् । अन्य १४ जना भने सोही मेडिकल कलेजमा उपचार गराइरहेका छन् ।मृृतक श्रेष्ठकी दिदी (जेठो बुवाकी छोरी)

कमला श्रेष्ठको बयान:दुर्घटना भएपछि सबैभन्दा पहिला पुग्ने आफन्त म नै हुँ । भैरहवा मेडिकल कलेजमा दिदीलाई लिएर पनि मै गएकी हुँ । दिदी घटना स्थलमा बोल्न खोज्दा पनि बोल्न सक्नुभएको थिएन । छोरालाई काखमा राखी दिएका थिए । ‘बाबु ..बाबु..’ भन्न चाहेर पनि सक्नुभएन । बाबुलाई काखबाट छुटाएर हामीले भैरहवातर्फ लगेका थियौं ।बाटो र अस्पतालसम्म पनि बोल्न सक्नुभएन । उहाँलाई डाक्टरले मृत घोषणा गरेपछि साढे ११ बजे राती शव लिएर हिड्यौं । भिनाजु मलेशियाबाट घर आउँदै हुनुहुन्छ । तत्काल विदा र टिकट मिल्छ मिल्दैन थाहा छैन । काँखमा छोरा समाउँदै हिजो जीप चढेको आधा घण्टा नवित्दै दुर्घटनामा पर्नुभयो ।खस्न त आमा छोरा कता–कता खसे थाहा पाइएन । घटनापछि प्रहरीले आमाको काखमा राखेको देखेका हौं । उहाँ छोरासहित प्युठानस्थित बिजुली अलिवाङ्गमा रहेको माईती घरमा भेटघाटका लागि हिँड्नुभएको थियो । आखिर आमा छोराको अलग–अलग स्थानमा मृत्यु भयो ।अहिले आमा छोराको शव आगनमा राखेका छौं । आजै दाहसंस्कार गर्ने कुरा पनि चलिरहेको छ । २०६२ सालतिर उहाँहरुको विवाह भएको थियो । दुई सन्तानमध्ये प्रिन्सको मृत्यु भएपछि यो दम्पत्तीका सन्तान अब यिनै पुर्णिमा मात्र हुन् । केही बेरअघि आमाछोराले सेल्फी खिचेका थिए, त्यही सेल्फी नै श्रेष्ठ आमाछोराको अन्तिम सेल्फी बन्न पुग्यो ।

चर्चामा

सम्बन्धित समाचार