• होमपेज
  • खेलकुद
  • नेपालले इन्डाेनेसियालाई २-१ ले हरायाे

नेपालले इन्डाेनेसियालाई २-१ ले हरायाे

  • मङ्लबार, चैत्र २६, २०७५
नेपालले इन्डाेनेसियालाई २-१ ले हरायाे

सन् २०२० मा हुने टोक्याे ओलम्पिक छनोट फुटबलकाे  दोस्रो चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ ।

मंगलबार भएको समूहको अन्तिम खेलमा नेपालले इन्डोनेसियालाई दुई-एकले हराएको छ ।

नेपालको जितका सावित्रा भण्डारीले दुई गोल गरिन् । उनले खेलको ३६ औं र ८९ औं मिनेटमा गोल गरिन् । इन्डोनेसियाले ४७ औं मिनेटमा एक गोल गरेको थियो ।

यो जितसँगै नेपालले प्रतियोगितामा सुखद अन्त्य गरेको छ । नेपाल पहिलो खेलमा म्यानमारसँग तीन-एक र भारतसँग पनि तीन-एकले पराजित भएको थियो । उज्यालाे अनलाइनबाट

चर्चामा

सम्बन्धित समाचार