• होमपेज
  • समाचार
  • नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल अस्पताल भर्ना

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल अस्पताल भर्ना

  • मङ्लबार, चैत्र २६, २०७५
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल अस्पताल भर्ना

काठमाडौँ  नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन् । विगत ३ दिनदेखि अस्वस्थ भएपछि नेता नेपाल   त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।

अस्पताल स्रोतले नेता नेपाल अस्पताल भर्ना भएको  बताएकाे छ । नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको हो । तीन दिनको उपचारपछि नेता नेपालको आजै डिस्चार्ज गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ ।

नेता नेपाल केहीदिन अघि वारा, पर्सा र रौतहटका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यहि क्रममा उनलाई ज्वरो र खोकीले च्यापेको थियो ।

चर्चामा

सम्बन्धित समाचार