• होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिमसँग जोडिएका भारतीय सीमा नाका आजदेखि ३ दिनका लागि बन्द

सुदूरपश्चिमसँग जोडिएका भारतीय सीमा नाका आजदेखि ३ दिनका लागि बन्द

  • मङ्लबार, चैत्र २६, २०७५
सुदूरपश्चिमसँग जोडिएका भारतीय सीमा नाका आजदेखि ३ दिनका लागि बन्द

बैतडी,  भारतसंग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द भएका छन् । बिहीवार चैत २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका बन्द गरिएका बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

भारतको उत्तराखण्ड प्रदेससंग जाडिएको सुदूरपश्चिमका सबै नाकाहरु आजदेखि २८ गतेसम्मका लागि बन्द भएका हुन् । यसअघि भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा सुरक्षा बैठकले उक्त निर्णय गरेको थियो ।

सीमा क्षेत्रमा हुने चुनावलाई शान्तिपूर्वक सम्पन्न गर्न, मानव बेचबिखन नियन्त्रण, वन्यजन्तु तथा वनस्पति पदार्थ चोरी सिकारी नियन्त्रण, अवैध मुद्रा कारोबार नियन्त्रण, लागुपदार्थ ओसारपसार रोकथाम, सीमा सुरक्षाका विषयमा सूचना आदानप्रदान गर्ने, सीमामा संयुक्त सुरक्षा गस्ती गर्ने गरिने सन्दर्भमा समेत उक्त बैठकमा छलफल भएको थियो ।

साथै भन्सारमा चेकजाँच र नेपालीले भारतमा पाउँदै आएको पेन्सनलाई सहज रुपमा प्राप्त गर्ने वातावरण सृजना गर्ने विषयमा मुख्यगरी छलफल भएको जिल्ला प्रसासन कार्यालय बैतडीले जनाएको छ ।

आकस्मिक रुपमा कुनै कामले सीमावारपार गर्नुपरेमा दुईपक्षिय समझदारीमा आवतजावत गर्न सकिने सम्झौता भएको सीमा प्रहरी चौकी झुलाघाटका इञ्चार्ज प्रहरी नायव निरीक्षक जनक सिंह धामीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार