
पदम सिंह
बाजुरा २५ चैत्र
बाजुरा जिल्लाको मार्तडीमा संचालीत निशुल्क स्वास्थ्य शिवीरबाट २५ सय ३४ जनाले उपचार पाएका छन् । सामाजिक विकास मन्त्रालय शुदुरपश्चिम प्रदेश,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बडिमालिका नगरपालिकाको संयूक्त आयोजनामा निशुल्क स्वास्थ्य शिवीरको आयोजना गरिएको शुदुरपश्चिम प्रदेशका जनस्वास्थ्य अधिकृत्त रमेश कुवरले जानकारी दिएको छ ।
शिवीरमा बालरोग संग सम्बन्धि उपचार,स्त्री रोगसंग सम्बन्धि सेवा,हाडजोर्नी तथा नसा रोगसंग सम्बन्धित सेवा,दातसंग सम्बन्धित सेवा,आँखासंग सम्बन्धित सेवा,मानसिकसंग सम्बन्धित सेवा र ज्याड्रल सेवा र फिजीसियन सम्बन्धिकारोग हरुका २५ सय ३४ जना विरामीहरुको सफल उपचार भएएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनका निर्देशक डा. पुजन रोकायाले जानकारी दिए ।
शिवीरमा उपलब्ध सेवाहरुको बिभिन्न रोगको अप्रसन ५० जना, एक्सरे १ सया ४६ जना, ल्याव २ सय ११ जना, भिडियो एक्सरे २ सय ४२ जना,दन्त सेवा दात उदेलेर फालेको १ सय २३ जना, दात फोलोराईट गरेको ८० जना र १ हजार ६ सय ८२ जनालाई अन्य उपचार भएको शिवीर टोली तथा कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक रोकायाले जानकारी दिएको छ ।
कर्णाली प्रदेशका पाच जिल्ला र सुदुरपश्चिम प्रदेशका ती जिल्ला बाजुरा अछाम र बझाङलाई सेवा क्षेत्र बनाएर प्रतिष्ठानले प्रदेश सरकारसंगको र स्थानीय तहसंगाको सहकार्यमा निशुल्क शिवीर संचालन गर्दै आएको रोकायाले बताए । बाजुरा कार्यक्षत्र रहेपनि शिवीर पहिलोपटक संचालन गरेकोले कुन रोगका विरामीहरु रहेको एकीन डाटा नभएकोले उपचारमा समस्या भएको र समस्याका बाबजुत शिवीरमा राम्रो उपचार भएको जिल्ला अस्पताल बाजुुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताए शिवीरबाट बाल रोग,मानसिक रोग महिलाहरुमा पाठेघर सम्बन्धि रोहरु र पुरुषहरुको जोर्नी सम्बन्धि रोगहरु बढी भएको उपचारमा संलग्न चिकित्सकहरुले बताए । आगामी दिनहरुका शिवीरहरु संचालन गर्दा सम्बन्धित स्थानीय तहरु र जिल्लाका स्वास्थ्य संस्थाहरुको सहकार्यमा रोगको पहिचान गरी शिवीरको आयोजना गर्ने प्रतिबद्धता समेत निर्देशक रोकायाले जनाएका छन् ।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कार्यक्षेत्र भएका कारण र दुर्गाममा सेवा भावको कारण स्वास्थ्य क्षेत्रमा चिकित्सकको प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
