शुक्रबार, कार्तिक १६, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • चितवन मेडिकल कलेजमा टेष्ट ट्युव बेबीकाे सेवा शुरु

चितवन मेडिकल कलेजमा टेष्ट ट्युव बेबीकाे सेवा शुरु

  • सोमवार, चैत्र २५, २०७५
चितवन मेडिकल कलेजमा टेष्ट ट्युव बेबीकाे सेवा शुरु

भरतपुर , २४ चैत ।
भरतपुरमा रहेकाे चितवन मेडिकल कलेज (सिएमसी) ले जिल्लामै पहिलो पटक टेष्ट ट्यूव बेबी सेन्टर सञ्चालनमा ल्याएको छ । सेन्टरको एक कार्यक्रमका बीच अाज उपप्रधान एव्म स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उद्घाटन गर्नुभयो । विश्ष्टिकृत स्वास्थ्य सेवा दिदै आइरहेको कलेजले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा स्त्री तथा प्रसुती विभाग अन्तर्गत अत्याधुनिक प्रजनन् संरक्षण सेवा प्रणालीसहितको टेष्ट ट्यूब सेन्टर सञ्चालनमा ल्याएको हाे ।

अस्पतालले स्वीडेन प्रविधिको लेजर जडित उपकरणमार्फत सेवा दिन लागेको जनाएको छ । करिब ३ करोड रुपैयाँको लागतमा भित्र्याइएको अत्याधुनिक मेशनमार्फत निः सन्तानपन सम्बन्धी उपचार गरिने छ ।अस्पतालका अनुसार करिब डेढ लाखदेखि २ लाख ५० हजार रुपैयाँमा निः सन्तानपनकाे उपचार गरिने अस्पतालले जनाएको छ । कार्यक्रममा उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राज्य एक्लैले मात्र स्वास्थ्य क्षेत्रको विकास गर्न नसक्ने बताउनुभयो । मन्त्री यादवले सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गर्न सकिने धारणा राख्नुभयो ।

‘नयाँ प्रविधिलाई अपग्रेड गर्दै उपचारसँगै अनुसन्धानमा लाग्ने समय आएको छ ,उहाँले भन्नुभयो,‘विदेश उपचार गर्न जाने परिपाटी अन्त्य गर्न प्रविधिमैत्री स्वास्थ्य सेवामै जोड दिनुपर्छ । ती विरामीलाई आफ्नै देशमा उपचार गर्न सके ठूलो धनराशी आर्जन गर्न सकिन्छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री एवम् सांसद सुरेन्द्र पाण्डेले निजी अस्पतालहरुले अनुसन्धान पाटोलाई महत्वको साथ अगाडि बढाउनुपर्ने बताउनुभयो । तत्काल दिइने स्वास्थ्य सेवाले केही मुनाफा दिएपनि अनुसन्धानले दिर्घकालिन फाइदा पु¥याउने बताउनुभयो ।
चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले निजी अस्पतालहरुले आफ्नो सेवालाई विश्ष्टिकृत गराउदै लैजानुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा बोल्नु हुँदै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मेडिकल सिटीका रुपमा परिचित चितवनमा प्रविधियुक्त स्वास्थ्य सेवालाई जोड दिनुपर्ने बताउनुभयो । अस्पतालहरुले प्रविधिसँगै गुणस्तरलाई पनि प्रथामिकतामा राखेर स्वास्थ्य सेवा प्रवाह गर्न पर्नेमा उहाँकोे भनाई छ । कार्यक्रममा चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक हरिशचन्द्र न्यौपाने, अस्पतालका निर्देशक दयाराम लम्सालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार