• होमपेज
  • पत्रपत्रिका
  • सुदूरपश्चिमका अस्पतालमा आकस्मिक बाहेको सेवा ठप्प, विरामी मर्कामा

सुदूरपश्चिमका अस्पतालमा आकस्मिक बाहेको सेवा ठप्प, विरामी मर्कामा

  • सोमवार, चैत्र २५, २०७५
सुदूरपश्चिमका अस्पतालमा आकस्मिक बाहेको सेवा ठप्प, विरामी मर्कामा

कर्मचारी समायोजनका विषयमा असहमती जनाउँदै सरकारी चिकित्सक संघ र नेपाल चिकित्सक संघले आज पनि सुदूरपश्चिमका सरकारी अस्पतालमा पनि आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने भएका छन्। केन्द्रीय कार्यक्रम अनुसार आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरिने नेपाल चिकित्सक संघ सुदूरपश्चिमका अध्यक्ष डाक्टर प्रमोद जोशीले बताए। आईतवार पनि सेवा ठप्प पारिएको थियो। डाक्टर जोशीले प्रदेशका सबै सरकारी अस्पतालमा अति आवश्यक बाहेकका सबै सेवा ठप्प पारिएको बताए। सरकारले चिकित्सक संघसंग गरेको सहमती विपरीत कर्मचारी समायोजनको सूची प्रकाशित गरेको भन्दै देशभरका चिकित्सक आन्दोलित छन्। डाक्टरहरुले संघ अन्तरगत राखेर प्रदेश र स्थानीय तहमा पनि आवश्यकता अनुसार समायोजनको माग गरेका छन्।

तर सरकारले स्थानीय तहमा समायोजन भएका डाक्टरको माथिल्लो निकायमा समायोजन नहुने गरि समायोजनको सुचि सार्वजनिक गरेपछि आकस्मिक बाहेको सेवा ठप्प पारिएको हो। चिकित्सकहरुले शनिवार मात्रै सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई भेट्दै माग सम्वोधन गर्न आग्रह गरेका थिए। सुदूरपश्चिमका सरकारी अस्पतालहरु पनि बन्द गरिएपछि विरामीहरु भने मर्कामा परेका छन्। विरामीहरुले स्वास्थ्य सेवा ठप्प पार्नुभन्दा आन्दोलनको अन्य विकल्प रोज्न माग गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार