• होमपेज
  • समाज
  • बोरामा आफ्नै बहिनीको शव बोकेर हिँडेका दाजूभाई पक्राउ (भिडियो )

बोरामा आफ्नै बहिनीको शव बोकेर हिँडेका दाजूभाई पक्राउ (भिडियो )

  • आइतवार, चैत्र २४, २०७५
बोरामा आफ्नै बहिनीको शव बोकेर हिँडेका दाजूभाई पक्राउ (भिडियो )

काठमाडौँ : आफ्नै बहिनिको शव बोरामा बोकेर हिँडेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवनको भरतपुर महानगरपालिका स्थित गणेश चोकमा शव बोकेर हिँडीरहेका भारत मोतिहारी घर भएका ४० वर्षीया देवी साह र २६ वर्षी दिगन साहलाई प्रहरीले पक्राउ गरेको हो।

गएराति गस्तीमा खटिएको प्रहरीको टोलिले शंकाको भरमा उनीहरुले बोकेको बोरा चेकजाँच गर्दा शव भेटिएको र अनुसन्धानको क्रममा सो शव उनीहरुकी बहिनी १७ वर्षीया परिकुमारी साहको भएको खुल्न आएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ।

बहिनिको शवसहित पक्राउ परेका दुवै दाजूभाईले अनुसन्धानको क्रममा शव दाससंस्कारका लागि नारायणी नदीतर्फलैजान लागेको बताएका थिए।दाससंस्कारका लागि दुइजना दाजूभाई मात्र हिँडेकाले शंका उत्पन्न भएको भन्दै प्रहरीले यस सम्बन्धमा आवश्यक छानविन अगाडी बढाएको प्रहरीले जनाएको छ ।

रासस

तस्बिर :- गुगल

चर्चामा

सम्बन्धित समाचार