• होमपेज
  • बाजुरा बिशेष
  • पत्रकार महासंघ‌काे आफ्नै भवन बनाउन जग खन्ने काम सूरु

पत्रकार महासंघ‌काे आफ्नै भवन बनाउन जग खन्ने काम सूरु

  • आइतवार, चैत्र २४, २०७५
पत्रकार महासंघ‌काे आफ्नै भवन बनाउन जग खन्ने काम सूरु

मदन वि.क.
बाजुरा २४ चैत्र
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले पत्रकार महासंघको आफ्नै भवन बनाउन जग खन्ने काम सूरु गरेको छ ।
पत्रकार महासंघले शुक्रबार आफ्नै भवन निर्माण गर्नका लागि जग खन्ने काम सूरु गरेको हो ।
पत्रकार महासंघ जिल्ला शाखा बाजुराले गएको मंसिर महिनामा भवन निर्माणका लागि सदरमुकाम मार्तडीमा १ सय बर्ग मिटर जग्गा खरिद गरेको थियो ।


गएको साउन १३ गते बसेको पत्रकार महासंघ बाजुरा शाखाको नियमित बैठकले बाजुरा जिल्लामा पत्रकारहरुको आफ्नै भवन बनाउनका निर्णय गरेको थियो । जग्गा खरिद गरेसंगै चैत्र २४ गते शुक्रबार भवन निर्माणका लागि जग खन्ने काम सूरु गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका सचिव प्रेम वि.क.ले बताएका छन् ।
२०७३ फागुन २२ गतेको पत्रकार महासंघको निर्वाचनबाट नयाँ कार्यसमिती चयन भएसंगै महासंघको कार्यसमितिले आफ्नो कार्यकालमा महासंघको आफ्नै जग्गा खरिद गर्ने प्रतिवद्धता जनाएको थियो ।
बाजुरामा पत्रकार महासंघको स्थापनाकाल देखि हाल एक दशकसम्म भाडामा कार्यालय संचालन हुँदै गरिदै आएको छ ।
जिल्लामा पत्रकार महासंघको जग्गा खरिद गर्नका लागि जिल्लामा रहेका ९ वटै स्थानीय तहहरुबाट आर्थिक संकलन गरेको थियो ।
बाजुरामा २०६४ साल देखि पत्रकार महासंघको जग्गा खरिदको प्रयास थालिएको भए पनि विगतको कार्यसमितीले काम गर्न नसेकेको तर आफु नेतृत्वको नेतृत्वको कार्यसमितिले महासंघको जग्गा खरिद गर्न सफल भई भवन निर्माणको कार्य थालनी गरिएको महासंघ अध्यक्ष प्रकाश सिंहले बताएका छन् ।
महासंघले जग्गा खरिद पछि शुक्रबारबाट भवनको जग खन्ने काम सूरु गरेको र २०७६ बैशाख मसान्त भित्रै भवनको सिलानास गरिने महासंघका अध्यक्ष सिंहले बताएका छन् ।

जिल्लामा पत्रकार महासंघको जग्गा खरिदसंगै भवन निर्माण हुने भएपछि जिल्लाका सम्पूर्ण पत्रकारहरुलाई सजिलो हुने पत्रकार महासंघ बाजुरा शाखा सचिवालय सदस्य लक्ष्मीराज पाध्यायले खुसि व्यक्त गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार