बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • भारी बर्षाका कारण पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

भारी बर्षाका कारण पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

  • आइतवार, चैत्र २४, २०७५
भारी बर्षाका कारण पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट : गगने खोलामा गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। जुम्ला – सुर्खेत सडकखण्ड अन्तरगत कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकास्थित गगने खोलामा भारी वर्षाका कारण पहिरो खस्दा शुक्रबार बेलुकादेखि कर्णाली राजमार्ग अवरुद्ध भएको हो।

बेलुकाबाट कालिकोट दैलेखको सीमाना दहि खोलादेखि गगने भीरसम्म सवारी साधनहरुको घुँइचो लागेको छ। पहिरोले राजमार्गको सडक भत्काएपछि यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ। पर्यटकिय क्षेत्र रारा ताल जाने आन्तरिक पर्यटकहरु बीच बाटोमै अलपत्र परेका छन्।यस्तै जुम्ला, कालिकोटदेखि सुर्खेत, नेपालगंज र नेपालगञ्ज सुर्खेतदेखि कालिकोट जुम्ला, मुगु जाने सयौँ यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन्।

कालिकोट जिल्लाको हुल्म बजार, जिते बजार र गगनेखोला आसपासका सडकहरुमा यात्रुबाहक तथा मालबाहक गाडीहरु लाईन लागेर रोकिएका छन्। जिल्ला प्रहरी प्रमुख डीएसपी बिनोद शर्माले गगने खोलामा खसेको पहिरो पन्छाउन डोजर र प्रहरी पहिरो स्थलमा खटाएर पहिरो पन्छाउने काम भईरहेको जानकारी दिए।उनले वर्षेनी वर्षायाम लागेसँगै हरेक राति पहिरो खस्ने र बिहान पहिरो पन्छाएर सडक खुलाउने गरिएको उक्त भीरमा यस वर्ष चैत महिनामै भारी वर्षा भएपछि खसेको पहिरो अहिले पनि भित्रै-भित्रै बगिरहेकाले सडक खुलाउन नसकिएको बताए। उनले भने, ‘शुक्रबार बेलुकी असिनासहित भारी वर्षा हुँदा खसेको पहिरो शनिबार बिहान ५ बजेबाटै पहिरो स्थलमा राकमबाट डोजर मगाएर पन्छाउने काम भईरहेको छ।’

सडक तत्काल खुलाएर सवारी आवागमनमा सहजता ल्याउनको लागि यात्रुहरुले माग गरेका छन्। सामान्य पानी पर्दा पनि पहिरो खस्ने गगने खोलामा पहिरोको स्थायी व्यवस्थापनका लागि सडक विभागले ध्यान नदिँदा कर्णाली राजमार्गमा यात्रुहरुले सास्ती खेप्नु परेको छ। अन्नपुर्ण पाेष्ट 

चर्चामा

सम्बन्धित समाचार