शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा विवाद : माधव नेपाल बनाउदै अर्को नेकपा, यसरी निर्माण हुदैछ नयाँ कमिटी

नेकपा विवाद : माधव नेपाल बनाउदै अर्को नेकपा, यसरी निर्माण हुदैछ नयाँ कमिटी

  • आइतवार, चैत्र २४, २०७५
नेकपा विवाद : माधव नेपाल बनाउदै अर्को नेकपा, यसरी निर्माण हुदैछ नयाँ कमिटी

तत्कालिन नेकपा एमाले र माओबादीबीच एकता भएको वर्ष वित्नै लाग्दापनि एकता पार्टि एकताले अन्तिम रुप लिन सकेको छैन् । आन्तरिक विवादका कारण नेकपा एकता अन्यौलमा परेको छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली पुष्पकमल दाहाल प्रचण्डले छुट्टै बसेर पार्टि एकतालाई अन्तिम रुप दिएपछि माधव नेपाल रुष्ट बनेका छन् । उनले अर्को नेकपा जन्माउने चेतावनी समेत दिएका छन् ।

नेकपाका वरिष्ठ नेता समेत रहेका नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि अर्को नयाँ विवाद ल्याउन लागेको भन्दै एक नेताले जानकारी दिएका छन् । नेता नेपाल निकटका नेताले देशभर समानान्तर कमिटी गठनको चेतावनी दिएपछि नेकपामा नयाँ विवाद आउने सम्भावना देखिएको हो ।

यो विवादको सिर्जना ओली–प्रचण्डले जिल्ला नेतृत्वका विषयमा सहमति जुटेसँगै वरिष्ठ नेता माधवकुमार नेपालले समानान्तर कमिटी गठनको चेतावनी दिएका छन् । सचिवालयमा सहमति नजुटाई दुई अध्यक्षले मात्र जिल्लाका अध्यक्ष र सचिवको जिम्मेवारी तोके आफूलाई मान्य नुहने नेता नेपालको चेतावनी छ ।

‘नेता नेपालले सचिवालय बैठकभन्दा बाहिरबाट जिल्ला नेतृत्व टुंग्याए समान्तर कमिटी बनाउने चेतावनी दिनुभएको छ । उहाँलाई फकाउने प्रधानमन्त्री एवम् अध्यक्ष ओलीको प्रयास अझै सफल भएको छैन, ’ नेकपाको सचिवालयका एक सदस्यले रातोपाटीसँग भने, ‘प्रचण्ड केही दिनका लागि पत्नी सीताको उपचारका लागि अमेरिका उडेपछि यो विषय थप जटिल भएको छ ।’

सरकारले फागुन २४ गते सीके राउत समूहसँग ११ बुँदे सहमति र फागुन २८ गते विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउने निर्णय गरेपछि नेकपाका शीर्ष नेताबीच संवाद शुरु भएको थियो । यस्तो सहमति लगत्तै सचिवालय सदस्यहरु नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए । त्यसलगत्तै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो, जहाँ राउतसँग भएको सहमति र पार्टी एकता सम्बन्धी विषयमा छलफल भएको थियो ।

त्यसपछि प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले शुरुमा नेपाल, खनाल र गौतमसँग छलफल गरेका थिए । पछि अध्यक्ष ओलीले नेपालसँग पनि छुट्टै छलफल गरेका थिए । जहाँ सीके समूहसँगको सहमति र विप्लव समूहमाथि प्रतिबन्ध लगाउने विषयका साथै एकता सम्बन्धी वाँकी काम टुंगाउने विषयमा छलफल भएको थियो । सीके राउत र विप्लवमाथि प्रतिबन्धवारे पहिला असन्तुष्ट नेता नेपाल र खनाल प्रधानमन्त्रीसँगको छलफलपछि सरकारी निर्णयको पक्षमा उभिएका थिए । तर, पार्टी एकता सम्बन्धी दुई अध्यक्षको सहमतिमा चाहिँ नेता नेपाल, खनाल, गौतम र श्रेष्ठको असन्तुष्टि कायमै रहेको स्रोत बताउँछ ।

प्रचण्डले पूर्वएमाले समूहका नेताहरुलाई कन्भिन्स गर्न सुझाएपछि प्रधानमन्त्री ओलीले शुरुमा नेपाल, खनाल र गौतमसँग छलफल गरेका थिए । तर, त्यहाँ पार्टी एकता सम्बन्धी वाँकी काम टुंगाउने विषयमा उनीहरुबीच सहमति बन्न सकेको थिएन ।

७७ वटै जिल्लाको नेतृत्व कुन समूहलाई दिने भन्नेबारे लगभग टुंगो लागिसकेको बताइएको छ । पूर्वएमाले समूहबाट करिब ४५ जिल्लामा नेतृत्व लिने र बाँकी ३२ जिल्लामा पूर्वमाओवादी समूहले नेतृत्व लिने गरी एकता प्रस्तावमा ओली र प्रचण्डबीच सहमति बनेको स्रोतको भनाई छ । तर, ४५ जिल्लामा नेतृत्व लिने सहमति भएपनि पूर्वएमालेको समूहबीच भागबन्डा मिलेको छैन ।

नेता नेपालले आफ्नो चासो सम्बोधन गर्नुपर्ने अडान यहीनेर राखेको स्रोतको भनाई छ । कुन प्रदेशमा पूर्व पार्टी कसले कुन–कुन जिल्ला लिने भन्ने विषयमा अन्तिम टुंगो लागेको छैन । तर, मोटोमोटी सहमति भने बनेको छ । ठीक यहीबेला प्रचण्ड अमेरिका गएका छन् । उनी अमेरिकामै रहेको बेला जिल्ला नेतृत्वको जिम्मेवारी तोकिने सम्भावनासमेत रहेको उच्च स्रोत बताउँछ ।

त्यसो त तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको आज १० महिना पुगेको छ । तर, यो १० महिनामा पार्टी एकताका आधा भन्दा बढी काम टुंगिन सकेका छैनन् । यस अघि गठित कार्यदलका अनुसार विधान परिमार्जन, पोलिटव्यूरो गठन, केन्द्रीय कमिटीका सदस्यहरुको कार्य्िवभाजन, केन्द्रीय आयोगहरुको गठन, केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिष्ट मञ्चको गठन, राष्ट्रिय परिषदमा मनोनयन, प्रदेश स्तरीय विशेष कमिटीको गठन, जिल्लासहित मातहत कमिटीहरुको एकीकरण, जनवर्गीय संगठनहरुको एकीकरण, प्रवासका संगठन र सम्पर्क कमिटी एवं मञ्चहरुको एकीकरण र केन्द्रीय विभागहरुको गठन हुन सकेको छैन । यसबाहेक राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिने काम पनि सकिएको छैन ।

पार्टी एकताको पछिल्लो १० महिनामा दुई अध्यक्ष तय, ४४१ सदस्यीय केन्द्रीय समिति गठन, नौ सदस्यीय सचिवालय, महासचिवमा विष्णु पौडेल र नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवत्ताको जिम्मेवारीबाहेक ४५ सदस्यीय स्थायी कमिटी गठन र प्रदेश कमिटी गठनको काम सकिएको छ । तर, प्रदेश कमिटीको नामावली स्थायी कमिटीबाट अनुमोदन हुन वाँकी छ ।

नेकपाले पछिल्लो पटक पुस १३ गते स्थायी कमिटीबाट बनाइएको कार्यदलले पनि काम गर्न सकको थिएन । कार्यदलमा पनि विवाद भएपछि मूल र असन्तुष्ट समूहले अलग अलग प्रतिवेदन पार्टी अध्यक्षलाई बुझाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार