शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ‘पब्जी शैलीमा मर्कुसको डेब्यू गीतको भिडियो

‘पब्जी शैलीमा मर्कुसको डेब्यू गीतको भिडियो

  • शनिबार, चैत्र २३, २०७५
‘पब्जी शैलीमा मर्कुसको डेब्यू गीतको भिडियो

पोखरा, २३ चैत – ‘पब्जी’ युवापुस्तामा चर्चित गेम हो । अहिले अत्याधिक युवापुस्ताहरुले यो गेम खेल्ने गर्छन् । र, यही गेमका कारण केही घटनाहरु पनि नघटेका होईनन् ।

विश्वचर्चित यो गेमलाई थिम बनाएर एउटा गीतको म्यूजिक भिडियो बनेको छ । गीत हो , ‘भेटियो, भेटियो’ । मर्कुस दास र मेलिना राईले गाएको यो गीतको भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ । गीतको भिडियोलाई रोहन नेपालीले निर्देशन गरेका हुन् ।

यो भिडियोमा रोहन आफै फिचर भएका छन् । भिडियोमा उनको अपोजिटमा मोडल नबिना देखिएकी छन् । क्रेजी सर्कल (सूर्योदय कला केन्द्र) टिमसँगको सहकार्यमा यो भिडियो निर्माण भएको हो ।

केडी एण्ड सन्सको प्रस्तुतीमा बनेको गीतको भिडियो पोखरामा खिचिएको हो । ‘अहिलेको युवापुस्तालाई लक्षित गरेरै हामीले पब्जी थिममा यो भिडियो तयार पारेका हौँ । भिडियो सार्वजनिक भएको दोस्रो दिनसम्म आईपुग्दा हामीले निकै राम्रो प्रतिक्रियाहरु पाईरहेका छौँ ।’ भिडियोका निर्देशक रोहन नेपालीले भने ।

मर्कुस दासको यो पहिलो रेकर्डेड गीत हो । उनी चर्चित गायक कर्ण दासका छोरा हुन् । यद्यपी उनी आफूलाई बुवाको नामबाट भन्दा पनि आफ्नै कामबाट चिनाउन चाहन्छन् । ‘यो गीतबाट नेपाली साँगीतिक क्षेत्रमा मैले डेब्यू गरेको छु । र, मेरो कामलाई इनिसियल्ली धेरैले रुचाईदिनुभएको छ । प्रतिक्रियाहरुबाट म निकै खुशी पनि छु ।’ मर्कुसले भने । भिडियोलाई जेम्स बहादुरले खिचेका हुन् । संगीतकार बसन्त सापकोटाले संगीत भरेको गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार