• होमपेज
  • देश/प्रदेश
  • किन रित्तिँदै छन् सुदूरपश्चिमका सरकारी अस्पताल?

किन रित्तिँदै छन् सुदूरपश्चिमका सरकारी अस्पताल?

  • शनिबार, चैत्र २३, २०७५
किन रित्तिँदै छन् सुदूरपश्चिमका सरकारी अस्पताल?
धनगढी – त्यसै त चिकित्सकको अभाव झेलिरहने सुदूरपश्चिमका सरकारी अस्पतालमा पछिल्लो पटक भने चिकित्सकविहिन हुने अवस्था सृजना भएको छ। सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूचि हेर्दा अस्पतालहरु डाक्टरविहिन नै हुने अवस्था सृजना भएको हो। अन्यायपूर्ण समायोजन प्रक्रियाको विरोधमा डाक्टरहरु आन्दोलनमा उत्रिएपछि बिरामीहरु स्वास्थ्य सेवा पाउनबाटसमेत बञ्चित भएका छन्
समायोजन प्रक्रियाप्रति असन्तुष्टि जनाउदै शुक्रबारबाट डाक्टरहरुले अत्यावश्यकवाहेकका सबै सेवा ठप्प पारेपछि बिरामी थप मारमा परेका छन्। समायोजनको सूचि हेर्दा सुदूरपश्चिभरी रहेका १२ वटा सरकारी अस्पतालमा कार्यरत ८७ जना डाक्टर मध्ये तीन जनावाहेक सबैले संघ रोजेपछि यहाँका अस्पताल डाक्टरविहिन बन्ने अवस्था सृजना भएको हो।
सुदूरपश्चिममा संघीय सरकार मातहतमा एक मात्र अस्पताल  साविकको उपक्षेत्रीय अस्पताल र अहिले डडेल्धुरा अस्पताल छ। एक त सुदूरपश्चिममा प्राय डाक्टरहरु आउन नमान्ने समस्या हुँदाहुँदै त्यसैमा अन्यायपूर्ण समायोजन प्रक्रियाले गर्दा यहाँका जनताले डाक्टरको अनुहार नै देख्न नपाईने अवस्था सृजना भएको छ। अन्य सेवा समूह भन्दा बिशिष्टकृत सेवा समूहमा पर्ने स्वास्थ्य सेवामा चिकित्सकको समायोजना गर्दा सरकारले ध्यान नदिएको भनाई चिकित्सकहरुको छ। प्रशासन सेवा समूहका कर्मचारीको समायोजन गर्दा एकतह बढुवा गर्ने र दरबन्दी केन्द्रमा राखे पनि कामकाज गर्न जतासुकै खटाउन पाउने व्यवस्था गरेपनि स्वास्थ्य सेवामा भने त्यो व्यवस्था छैन।
स्वास्थ्य सेवाको हकमा जुन तहमा समायोजन रोज्यो त्यसवाहेक अन्त सेवा गर्न जानै नपाईने व्यवस्था गरे पछि प्रायः चिकित्सकहरुले  संघ रोजेको सरकारी डाक्टर संघ गोदानका सुदूरपश्चिम प्रतिनिधि डाक्टर कपिल गौतमले बताए। सरकारको यो बिभेदकारी समायोजन नीतिले गर्दा सुदूरपश्चिम डाक्टर विहिन नै हुन लागेको उनले बताए।
समायोजनमा जता राखे पनि काम गर्न जुनसुकै स्थानमा जान पाउने व्यवस्था हुनुपर्ने माग चिकित्सकहरुको छ। अस्पतालमा अहिले विकास समिति पनि नहुँदा अस्पतालहरु धारासायी हुने चिन्ता बढेको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले स्वास्थ्य सेवा समूहका कर्मचारीको समायोजनमा निकै विभेद गरेको बताए। ‘स्वास्थ्य सेवा भनेको समूह कार्य हो यो अन्य सेवा समूह जस्तो हैन कार्कीले भने स्वास्थ्यको समायोजनामा प्रशासन पुरै हाबी देखियो। जुन स्थानमा समायोजन रोज्यो त्यहि स्थानमा पुरै सेवा अवधि गुजार्नुपर्दा डाक्टरमा वितृष्णा पैदा भएर जड्याहा बन्नुपर्ने अवस्था सृजना हुने कार्कीले बताए।

 

चर्चामा

सम्बन्धित समाचार