शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • आयल निगमको कर्मचारी बोनस खातामा तीन अर्ब रकम जम्मा ?

आयल निगमको कर्मचारी बोनस खातामा तीन अर्ब रकम जम्मा ?

  • शनिबार, चैत्र २३, २०७५
आयल निगमको कर्मचारी बोनस खातामा तीन अर्ब रकम जम्मा ?

काठमाडौं । नेपाल आयत निगमले यो वर्ष कर्मचारीका लागि पौने पाँच करोड रुपैयाँभन्दा बढी बोनसको व्यवस्था गरेको छ । पेट्रोलियम पदार्थ कारोबारमा एकाधिकार रहेको निगमले आर्थिक वर्ष ०७४\ ०७५ मा गरेको खुद नाफाको एक प्रतिशतले हुन आउने चार करोड ७९ लाख ६३ हजार आठ सय ४५ रुपैयाँ विनियोजन गरेको हो ।

निगम सञ्चालक समितिको अध्यक्ष तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा बिहीबार सम्पन्न ३७ औँ वार्षिक साधारणसभाले प्रतिवेदन पारित गरेको छ ।

नागरिक दैनिकका अनुसार आर्थिक वर्ष ०७४\०७५ सहित नेपाल आयल निगमको कर्मचारी बोनस खातामा तीन अर्ब १८ करोड २३ लाख १३ हजार रुपैयाँ जम्मा भएको छ । सरकारले गत चार आर्थिक वर्ष निगमका कर्मचारीलाई बोनस बाँड्न रोक लागएको पनि निगमले सो शीर्षकमा रकम छुट्याउन छाडेको छैन ।

चर्चामा

सम्बन्धित समाचार