शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • दलितको छोरीलाई रमेश कार्कीले बाजा बजाएर धुमधामका साथ यसरी गरे विवाह

दलितको छोरीलाई रमेश कार्कीले बाजा बजाएर धुमधामका साथ यसरी गरे विवाह

  • शुक्रबार, चैत्र २२, २०७५
दलितको छोरीलाई रमेश कार्कीले बाजा बजाएर धुमधामका साथ यसरी गरे विवाह

काठमाडौं – आपसमा पे्रम बलियो भएपछि कुनै पनि बाधाले रोक्दैन भन्ने कुरा एक अन्तरजातीय जोडीले प्रमाणित गरेका छन्। विगत चार वर्षदेखि पे्रममा रहेका इटहरीका २७ वर्षे रमेश कार्की र भोजपुरकी २६ वर्षीया मनिता सेन्चुरीको हिन्दु परम्परा अनुसार भएको विवाहले यो प्रमाणित गरेको हो।

उनीहरूले एक समारोहबीच नयाँबानेश्वरको एक पार्टी प्यालेसमा हिन्दु परम्पराअन्गर्तत रही विवाह विधि अनुसार विवाह संस्कार पुरा गरे। बेहुलाले आफु बस्दै आएको स्थान काँडाघारीबाट नयाँबानेश्वरसम्म जन्ती लिएर मनितालाई विवाह गरे।

एकापसमा पे्रम सम्बन्ध रहेपछि रमेशले आफ्ना अभिभावकलाई सहमतिका लागि प्रस्ताव राखेका थिए। अभिभावकले सहजै स्वीकार्न नसकेपछि उनले आफै औपचारिक विवाहको चाँजोपाँजो मिलाएका थिए। इटहरीदेखि विवाहमा सहभागी हुन आएका बेहुला रमेशका भाइ टीकाबहादुर कार्कीले बिस्तारै बुबाआमा पनि सहमत हुने बताए। उनले आफु दाजुभाउजुको अन्तरजातीय विवाहको खुशीमा सामेल हुन आएको खुलाए। काठमाडौं काँडाघारीका युवराज कटुवाल पनि विवाह समारोहमा खुशी थिए। प्रहरीका जागिरे युवराज बेहुला रमेशका साथी हुन्। उनी रमेशकै घरमा भाडामा बस्छन्। कटुवालले विवाहले समाजमा व्याप्त जातीय विभेदको विरोध गरेको बताए। ‘आपसमा मन मिलेपछि जातपातको कुरा बाधा गर्नुहुँदैन्। नारी र पुरुषबीचको मन मिलेको विवाहमा खुशी मिल्छ’, उनले भने। कटुवालले तुरुन्तै छोराको खुशीलाई स्वीकार्न नसकेका अभिभावकले केही दिनमा स्वीकार्दै जाने स्थिति रहेको खुलाए।

चार वर्षदेखि कुवेतमा वैदेशिक रोजगारीमा रहेका रमेश विवाह गर्नकै लागि नेपाल आएका हुन्। छोरीको विवाहको लागि बेहुली मनिताका पिता मनबहादुर सेन्चुरीका परिवार पनि काठमाडौं नै आएका थिए।

‘छोरी ज्वाइँ विवाह गर्न चाहेपछि मैले सहयोग गरें’, मनबहादुरले भने। बेहुला र बेहुली दुवै पक्षले परम्परागत विवाहको संंस्कार पुरा गरेका थिए। बेहुला र बेहुली दुबै शिक्षित भएकाले समाजको विभेद तोडेर अघि बढेको विवाह समारोहमा सहभागी भएको कृष्ण सुनारले बताए।

आफ्नो पे्रमलाई साकार पार्न समस्याकै बीचमा विवाह गर्न पुगेको बेहुला रमेशले बताए। ‘समस्या पछि पनि आउनेछन्। डराएर बसेको छैन। म चाहन्छु विवाहपछिका प्रत्येक दिन राम्रा बनुन् ’, कार्कीले भने। नागरिक न्युजमा खबर छl

चर्चामा

सम्बन्धित समाचार