शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • खेलकुद
  • दिल्लीको लगातार तेस्रो हार, हैदरावाद ५ विकेटले विजयी

दिल्लीको लगातार तेस्रो हार, हैदरावाद ५ विकेटले विजयी

  • शुक्रबार, चैत्र २२, २०७५
दिल्लीको लगातार तेस्रो हार, हैदरावाद ५ विकेटले विजयी

 काठमाडौं – आईपीएलको १६ औं म्याचमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटललाई पाँच विकेटले हराएको छ । १३० रनको लक्ष्यलाई हैदरावादले १८.३ ओभरमा हासिल गर्यो ।

दिल्लीविरुद्ध हैदरावादको लगातार तेस्रो जित हो । हैदरवादका लागि जोनी बेयरस्टोले सर्वाधिक ४८ रन बनाए । उनले २८ बलमा नौ चौका र एक छक्का प्रहार गरे । बेयरस्टोले डेभिड वार्नरसँग पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेर वार्नर १० रनमा आउट भए । मोहम्मद नबी नौ बलमा १७ रन बनाउँदै अविजित रहे । यस्तै विजय शंकरले १६ रन योगदान गरे । दिल्लीका लागि सन्दीप लामिछाने, अक्षर पटेल, कगिसो रबाडा, राहुल तेवतिया र इशान्त शर्माले एक-एक विकेट लिए ।

यसअघि दिल्लीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १२९ रन बनाएको थियो । उसका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ४३ रन बनाए । अक्षर पटेलले अन्तिम ओभरमा १३ बलमा २३ रन जोडे । उनले दुई छक्का प्रहार गरे । हैदरावादका लागि मोहम्मद नबी, कप्तान भुवनेश्वर कुमार र सिद्धार्थ कौलले दुई-दुई विकेट लिए ।

हैदरवादले टस जितेर बलिङको निर्णय लिएको थियो । पहिलो विकेटको रुपमा पृथ्वी शा आउट भए । उनी ११ रनमा भुवनेश्वर कुमारको बलमा बोल्ड भए । मोहम्मद नवीले शिखर धवनलाई १२ र ऋषभ पन्तलाई ५ रनमा आउट गरे । राहुल तेवतिया ५ रनमा सन्दिप लामिछानेको शिकार भए । कोलिन इनग्रामलाई पनि ५ रनमै सिद्धार्थ कौलले पभेलियन फर्काइदिए । राशिदले कप्तान श्रेयस अय्यरलाई ४३ रनमा आउट गरे ।

यस सिजनमा हैदरावादको चौथो र दिल्लीका लागि यो पाँचौं म्याच थियो । हैदरावादले तेस्रो जित दर्ता गर्यो । यस्तै दिल्लीको टिमले लगातार तेस्रो हार व्यहोर्यो ।

हैदरावादले यो खेलमा खेलाडीहरु परिवर्तन गरेको थिएन तर दिल्लीका तीन खेलाडी परिवर्तन गरिएको थियो । उसले इशान्त शर्मा, अक्षर पटेल र राहुल तेवतियालाई टिममा सामेल गरेको थियो । हनुमा बिहारी, हर्षल पटेल र आवेश खान टिममा थिएनन् ।

चर्चामा

सम्बन्धित समाचार