मङ्लबार, जेष्ठ १५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • समिक्षा र टंकको बन्यो गजबको पहिलो म्युजिक भिडियो

समिक्षा र टंकको बन्यो गजबको पहिलो म्युजिक भिडियो

  • बिहिबार, चैत्र २१, २०७५
समिक्षा र टंकको बन्यो गजबको पहिलो म्युजिक भिडियो

चर्चित गायक तथा संगीतकार टंक बुडाथोकीले कर्णप्रिय स्वरकी धनी समिक्षा अधिकारीसंग पहिलो गीत रेकर्ड गराई म्युजिक भिडियो निर्माण गरेका छन्। निकै रमाइलो, रोमान्टिक र डान्सीङ बिट रहेको ‘बिउटी बिउटी’ बोलको उक्त म्युजिक भिडियो काठमाण्डौको दक्षिण ढोका स्थित एक होटलमा छ्यायंकन गरिएको छ।

यो गीतमा संगीत टंक बुडाथोकीले सुन्दर ढंगले भरेका छन् भने चर्चित गायिका समिक्षा अधिकारी र सर्भिनले स्वर दिएकाछन्। सगोत्री आचार्यको सब्द रहेको उक्त म्युजिक भिडियोको फिचारीङमा चर्चित मोडल सृष्टि खड्का र सुनिल क्षेत्री रहनु भएको छ।

गीतको म्युजिक भिडियो निकै राम्रो बनेको संगीतकार टंक बुडाथोकीले अनलाइन हरपल डटकमसंग बताएका छन्। उहाँहरुसंग गरिएको रमाइलो कुराकानी र उक्त म्युजिक भिडियो सुटिङको केहि रोचक दृश्यहरु तलको भिडियोमा क्लिक गरेर हेर्न सकिने छ।

चर्चामा

सम्बन्धित समाचार