बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • शिक्षा
  • अब त्रिविको परीक्षाफल ३ महिना भित्रमा सार्बजनिक गरिने

अब त्रिविको परीक्षाफल ३ महिना भित्रमा सार्बजनिक गरिने

  • बुधबार, चैत्र २०, २०७५
अब त्रिविको परीक्षाफल ३ महिना भित्रमा सार्बजनिक गरिने

त्रिभुवन विश्वबिद्यालय (त्रिवि)ले परीक्षाफल तीन महिनाभित्र प्रकाशित गर्ने तयारी गरेको छ  । यसअघि परीक्षा दिएको नौ महिनासम्म परीक्षाफल प्रकाशित गर्ने गरेको त्रिविले अब तीन महिनामा परीक्षाफल प्रकाशित गर्ने भएको हो । अहिले परीक्षा दिएको पाँच महिनामा परीक्षाफल प्रकाशित गर्ने गरेका छौ’, त्रिविका परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, ‘अब हामीले परीक्षाफल तीन महिनामा प्रकाशित गर्ने गरी काम गरिरहेका छाैँ ।’

जनशक्ति कम

परीक्षा नियन्त्रक जोशीले कार्यालयमा कम जनशक्ति भएका कारणले काममा सहजता नभएको बताए । उनले पहिलेकै जनशक्तिले काम गर्नुपरेकाले काममा ढिलाइ भएको बताए । “क्याम्पसको संख्या बढेर अहिले करिब एक हजार २२४ रहेका छन्, ती क्याम्पसको सबै परीक्षाको कामदेखि ट्रान्सक्रिप्ट दिने काम हामीले गर्नुपर्दछ”, उनले भने, “तर हामीले पुरानै जनशक्तिकै भरमा काम गरिरहेका छौ, जसले गर्दा काम छिटो हुन सकेको छैन ।”

प्रादेशिक कार्यालय स्थापना गरिने 

यसैगरी परीक्षा नियन्त्रण कार्यालय प्रादेशिक तहमा जाने भएको छ । अहिले विराटनगर, पोखरा, नेपालगञ्ज र अत्तरियामा क्षेत्रीय कार्यालयमार्फत काम गरिरहेको कार्यालय अब प्रादेशिक तहमा सातवटै प्रदेशमा कार्यालय स्थापना गरिने  परीक्षा नियन्त्रक जोशीले बताए ।

चर्चामा

सम्बन्धित समाचार