बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • सांस्कृतिक महोत्सव बैतडीको पाटनमा आज बाट सुरु

सांस्कृतिक महोत्सव बैतडीको पाटनमा आज बाट सुरु

  • बुधबार, चैत्र २०, २०७५
सांस्कृतिक महोत्सव बैतडीको पाटनमा आज बाट सुरु

बैतडी – बृहत बैतडी सांस्कृतिक महोत्सव बैतडीको पाटनमा आज बाट सुरु भएको छ । ‘ लोक कला, भाषा , संस्कृति हाम्रो पहिचान , लुकेर रहेका प्रतिभाको खोजी हाम्रो अभियान ’ भन्ने मुल नाराका साथ बृहत बैतडी सांस्कृतिक महोत्सव आजबाट सुरु भएको हो । महोत्सवको आज सघिंय सासंद दामोदर भण्डारीले उद्धघाटन गर्नु भएको छ । शुदुरपश्चिम जनप्रिय समाज पाटनको आयोजनामा महोत्सव सुरु भएको हो । पाटन नगरपालिकाको मुख्य प्रायोजन तथा राष्टिय वाणिज्य बैंक बैतडीको सह–प्रायोजनमा महोत्सव सञ्चालन भईरहेको हो । स्थानिय भाषा , कला , संस्कृतिको जर्गेना गर्न मुख्य उदेश्यले महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा स्थानिय देखी राष्टिय कलाकारहरुको प्रस्तुती संगै बाल उद्यान , रोटेपिङ ,मौताका कुवा , जादुघर मुख्य आर्कषणको रुपमा रहको शुदुरपश्चिम जनप्रिय समाजका सचिब भरत सिंह वली जानकारी दिनु भयो । महोत्सवलाई हेप्पी ईन्टरटेनमेन्ट प्रा.ली. काठमाण्डौले ब्यस्थापन गरेको छ ।

महोत्सवमा आज आधुनिक गायक सौगात सायर र जिवन राईले आफ्नो प्रस्तुुति राखेको आयोजकले जनाएको छ । यस्तै भोली बिहिबार देउडा गायक महेश कुमार औजी , राजेन्द्र भट्ट (मिस्टर आरजे) लगायतको प्रस्तुती रहने बताईएको छ । महोत्सव यही चैत्र २६ गते सम्म सञ्चालन हुने छ ।

स्टेट सेभेन अनलाइृन बाट

चर्चामा

सम्बन्धित समाचार