मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • बारा-पर्साका आँधी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारको एक करोड सहयोग

बारा-पर्साका आँधी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारको एक करोड सहयोग

  • मङ्लबार, चैत्र १९, २०७५
बारा-पर्साका आँधी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारको एक करोड सहयोग

१९ चैत, धनगढी –  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश २ को बारा र पर्साका आँधी-हुरी प्रभावितहरुका लागि एक करेाड सहयोग गर्ने घोषणा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आँधीबाट विस्थापित भएका पीडितहरुका लागि एक करोड रकम सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए । मन्त्रिपरिषदको निर्णयअनुसार सहयोग रकम प्रदेश नम्बर २ सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा जम्मा गरिनेछ ।

यसअघि प्रदेश ३ सरकारले पनि एक करोड सहयोग गर्ने निर्णय गरिसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार