• होमपेज
  • अन्तर्राष्ट्रिय
  • राहुल गान्धी २ ठाउँबाट चुनाव लड्ने

राहुल गान्धी २ ठाउँबाट चुनाव लड्ने

  • मङ्लबार, चैत्र १९, २०७५
राहुल गान्धी २ ठाउँबाट चुनाव लड्ने

जेन्सी । भारतमा यतिबेला चुनावी माहोल छाएको । अप्रिल ११ मा सुरु हुने निर्वाचन विभिन्न चरणमा सम्पन्न भएर पाँच हप्ताभन्दा बढी समयपछि मे १९ मा परिणाम आउनेछ ।  यही चुनावको लागि भारतका प्रमुख विपक्षी पार्टी कंग्रेसले उसका अध्यक्ष राहुल गान्धीले दुई सिटबाट लड्ने घोषणा गरेको छ ।

उत्तर प्रदेशको उनको पहिलेकै निर्वाचन क्षेत्र अमेठिको अतिरिक्त गान्धी यो पटक दक्षिणी राज्य केरलाको वायानाडाबाट पनि उठ्नेछन् । कांग्रेस नेता एके एन्टोनी आइतबार यसको घोषणा गरे ।

‘यो दक्षिणी राज्यहरु एकदमै महत्व दिइएका छन् भन्ने सन्देश हो,’ࢍ कंग्रेसका प्रमुख प्रवक्ता रणदीपले भने ।

सत्तारुढ भाजपालाई व्यंग्य गर्दै उनले थप भने, ‘संस्कृति, जीवनशैली र उत्तर र दक्षिणबीचको बलियो सम्बन्धलाई आक्रमण गर्न खोज्ने ‘शक्ति’ विरुद्ध यो ‘एक लडाईं’ हो ।’

केही विज्ञहरुले यसलाई पार्टीको दक्षिणी राज्यहरुमा आधार बनाउनको लागि गरिएको वुद्धिमत्तापूर्ण कदमको हिस्सा हुन सक्ने बताएका छन् ।

पछिल्ला महिनामा गान्धीले दक्षिणी राज्यहरुको धेरै भ्रमण गरेका छन् । राहुल केरला र तमिल नाडूमा मोदी र भाजपाभन्दा बढी लोकप्रिय मानिन्छन् ।

तर कांग्रेससँग नजिकको मानिने वामहरुको निर्वाचन क्षेत्रबाट उमेद्वारी दिएर उनले आफ्ना सहकर्मीहरुलाई भने चिड्एका छन् ।

 

चर्चामा

सम्बन्धित समाचार