बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • बारा र पर्सामा घाइते भएकाहरुका लागि धनगढीमा रगत संकलन

बारा र पर्सामा घाइते भएकाहरुका लागि धनगढीमा रगत संकलन

  • सोमवार, चैत्र १८, २०७५
बारा र पर्सामा घाइते भएकाहरुका लागि धनगढीमा रगत संकलन

कैलाली, १८ चैत – विनाशकारी हावाहुरीबाट बारा र पर्सामा घाइते भएकाहरुका लागि धनगढीमा रगत संकलनको कार्य थालिएको छ । रोटरी क्लब अफ धनगढीले घाइतेहरुका लागि यहाँ रक्तदान कार्यक्रम आयोजना गरेर रगत संकलनको कार्य थालेको हो । घाइतेहरुका लागि रगत अभाव भएको सुनिएकाले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेर रगत संकलन गरिरहेको क्लबका अध्यक्ष पुष्करराज ओझाले बताए । उनले संकलन गरिएका रगत आजै सम्बन्धित जिल्लामा पठाउने व्यवस्था मिलाएको बताए । अध्यक्ष ओझाका अनुसार धनगढीबाट हवाइजहाजमा काठमाण्डौं र काठमाण्डौंबाट हवाइजहाजमै सम्बन्धित जिल्लामा रगत पठाउने व्यवस्था गरिएको छ । धनगढी स्थित पार्क चोकमा भैरहेको रक्तदान कार्यक्रम अहिले पनि जारी नै रहेको बताउँदै अध्यक्ष ओझाले मानविय सेवामा सबैलाई संलग्न हुन आग्रह समेत गरेका छन् । अहिलेसम्म दुई महिला सहित १६ जनाले रक्तदान गरिसकेका र रक्तदान कार्यक्रम तिनबजेसम्म जारी रहने अध्यक्ष ओझाले जानकारी दिएका छन्  ।

चर्चामा

सम्बन्धित समाचार