बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • इन्स्टामा आलियाका फलोअर्स ३ करोड

इन्स्टामा आलियाका फलोअर्स ३ करोड

  • सोमवार, चैत्र १८, २०७५
इन्स्टामा आलियाका फलोअर्स ३ करोड

बलिउड अभिनेत्री आलिया भट्टको सामाजिक संजाल इन्स्टाग्राममा फलोअर्सको संख्या ३ करोड पुगेको छ। फलोअर्सको संख्या ३ करोड पुगेकोमा आलियाले आफ्ना प्रशंसकहरूलाई धन्यवाद दिएकी छन्।

३ करोडबढि फलोअर्स पुगेपछि उनले बुधबार एक विशेष भिडियो सार्वजनिक गरेकी थिइन्। सार्वजनिक भएको एक मिनेट लामो भिडियोमा उनको ७ वर्ष लामो सिनेमा करियरको झलकहरू छन्।

भिडियोको मुनी उनले ‘आजसम्मको यात्रा अति नै शानदार रह्‍यो…तर यो सुरूवात मात्र हो। ३ करोड’ लेखेकी छिन्।

२६ वर्षिया आलिया सन् २०१२ बाट सिनेमामा आएकी हुन्। उनले ‘स्टुडेन्ट हफ दि इयर’बाट डेब्यू गरेकी थिइन्। त्यसयता उनले ‘हाईवे’, ‘टु स्टेट्स’, ‘उडतापंजाब’ तथा ‘डियर जीन्दगी’ जस्ता सिनेमाबाट दर्शकको मन जित्दै आएकी छन्।

उनले यस वर्ष ‘राजी’मा गरेको हभिनयका लागि फिल्म फेयरको सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड हात पारेकी छन्। हाल उनी ‘कंलक’ तथा ‘ब्रम्हास्त्र’ सिनेमाको काममा व्यस्त रहेकी छन्।

चर्चामा

सम्बन्धित समाचार