बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • एक जना चिकित्सकको भरमा चल्दै अछाम अस्पताल

एक जना चिकित्सकको भरमा चल्दै अछाम अस्पताल

  • आइतवार, चैत्र १७, २०७५
एक जना चिकित्सकको भरमा चल्दै अछाम अस्पताल

अछाम ,चैत्र १६- अछाम जिल्ला अस्पतालमा दरबन्दीअनुसारका स्वास्थ्य सेवाका कर्मचारीको अभाव भएकोे छ । १५ शैयाको हरेको जिल्ला अस्पताल अछाम अहिले एकजना करारमा रहेका डाक्टर मनोज बिष्टको भरमा चलिरहेको छ । चिकित्सक अभावका कारण सेवा लिन आएका सेवाग्राही हरुलाई स्वास्थ्य सेवाप्रदान गर्न निकै कठीनाई भएको डाक्टर बिष्टले बताए । अस्पतालमा गत मंसिर महिना देखी कर्मचारी अभाव भएको हो । जिल्ला अस्पतालमा २ जना नेपाल सरकार बाट स्वीकृत स्थाई डाक्टर हुनु पर्नेमा अहीले एक जना करार डाक्टरकै भरमा अस्पताल चलीरहेको छ ।

अछाम अस्पतालमा स्टाप नर्स ४ जना हुपर्नेमा १ जना मात्रै छन भने ल्याबमा पनी १ जना मात्रै कर्मचारी छन त्यसैगरी , ल्याब टेक्निीसयन ,एनेसथेसिया, एक्सरेको लागि रेडियो ग्राफर लगायत अती आवश्यक क्षेत्रका १० जना कर्मचारी नहुदा अस्पतालले प्रदान गर्ने सेवामा निकै अफ्ठ्यारो परेको छ । जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचार गराउन आउने बिरामीलाई चिकित्सक नभएकै कारण रिफर गर्नुपर्ने बाध्यता रहेको छ ।

अस्पतालमा जनशक्ति अभाव भएपछि आफ्ना बिरामीलाई निजी क्लिनिकमा महँगो खर्चमा उपचार गर्न बाध्य छन । अस्पतालमा डाक्टर नहुदा बिरामीको चाप थेगिनसक्नु भएको र सम्बन्धित मन्त्रालय तथा विभागमा समेत जानकारी गराए पनि अहिलेसम्म यसको सुनुवाइ भएको छैन । संघियताको कारण सर्वसाधारण नागरिक लाई अफ्ठ्यारो परेको छ । अस्पतालको बैकल्पीक ब्यवस्था नभएमा सेवा प्रवाह नै धरापमा पर्ने अवस्था आएको जनस्वास्थ्य निरीक्षक झपट राज ढुंगानाले बताउनुभयो । टाढाटाढाबाट स्वास्थ्य सेवा लिन भनेर सदरमुकाम आएका बिरामी नै स्वास्थ्य सेवा नपाएपछि कतिपयले हैरानी बेहार्नुपरेको छ। चिकित्सक नहुँदा गम्भीर प्रकृतिका बिरामी तथा अपरेसन गर्नुपर्ने बिरामी काठमाडौं धाउनुपर्ने बाध्यता रहेको छ ।

१५ शैया क्षमता भएको जिल्ला अस्पताल अछाम सीमित स्रोतसाधन र चिकित्सक अभावले जिल्ला अस्पताल आफैं बिरामी परेको छ । १५ शैयाको अस्पताल भए पनि अहिले त्योभन्दा बढी शैयाबाट सेवा दिइरहेको अवस्थामा पनि जिम्मेवार निकायबाट हेलचक्रयाइँ हुँदा जिल्ला अस्पतालमा उपचार गराउने बिरामी समस्यामा परिरहेका छन्। ‘सदरमुकामकै जिल्ला अस्पतालमा चिकित्सक अभावमा सेवा नै बन्द हुदाँ मारमा परेको बिरामीहरुको गुनासो छ । स्वास्थ्य सेवा स्थानिय तह मातहत संचालन भएपछि जिल्ला अस्पताल अछाममा कर्मचारी अभाव भएको यतीका दिन बितीसक्दा पनि स्थानिय सरकारले कुनै चाँसो राखेको पाईदैन ।

सडक मिडयाबाट

चर्चामा

सम्बन्धित समाचार